घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने सरकारको तयारी

 

काठमाडौं, बैशाख २५-

सरकार घरेलु कामदारका लागि एकपटक पुनः श्रम स्वीकृति दिने मनस्थीतिमा पुगेको छ । श्रम तथा रोजगार मन्त्रालय श्रोतका अनुसार यसका लागि मन्त्री गोकर्ण विष्टले आवश्यक परमर्श गरिरहेका छन् ।

श्रोतका अनुसार सरकारले घरेलु काममा विभिन्न मुलुक पुगेका नेपाली श्रमिक कम से कम एकपटक घर आउन पाउन् भनेर यो निर्णय गर्न लागिएको हो । सम्भवतः आगामी १० दिनभित्रै यो निर्णय हुने ति अधिकारीले बताए । पुनः श्रम स्वीकृति गन्तव्य मुलुकको नेपाली दूतावासबाट नै दिने गरी तयारी गरिएको छ । 

– अव देखि मागपत्र प्रमाणिकरण दूतावासबाट मात्र

एकपटक विदेश गएको व्यक्ति लामो समयसम्म विदेशमै बस्दा परिवारसँगको भावनात्मक सम्वन्ध पनि कमजोर हुने र देशसँग पनि उसको माया नरहने भन्दै मन्त्री विष्टले एकपटकका लागि पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय गर्न आवश्यक तयारी गरिरहेको ति अधिकारीले बताए ।

मन्त्री विष्टले आगामी केहि दिनभित्रै केहि महत्वपूर्ण निर्णय हुने र यसका लागि नियमावली संशोधन गरिने भन्दै सम्भवतः संकेत गरेको विषय मध्ये यो पनि एक हो । 

‘घर बिदामा आउन चाहन्छौ सरकार, हाम्रो श्रम खोलिदेउ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय