
भुपराज बस्याल, युएई, बैशाख २२-
पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरवमा जेल सजाय भोगिरहेका उमेश यादवको लागि ब्लडमनि संकलन भन्दै पछिल्लो समय आएका समाचार प्रती नेपाली दुतावास, साउदी अरबले ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासले मुद्धाको टुंगो नै नलागिसकेको भन्दै ब्लडमनि भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको छ । दूतावासले प्रेस बिज्ञाप्ति जारी गर्दै ब्लडमनि संकलन भन्दै पछिल्लो समय विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रती ध्यानाकर्षण भएको जनाउँदै यस्तो हल्लाको पछि नलाग्न दूतावासले भनेको छ ।
पाकिस्तान नागरिक मारिएको अभियोगमा जेल सजाय भोगी रहेका यादवको केशलाई ब्लडमनि लगायत नयाँ केहि कानुनी प्रक्रियाबाट छुटकारा दिन सकिन्छ कि भन्ने बिषयमा दूतावास लागि परेको छ ।