विदेशबाट फर्किएर देखासिकीमा यसरी कुनै व्यवसायमा लगानी नगरौं

हुन तपाई जागिर खाने की ? विदेश जाने की ? अथवा स्वदेशमा नै स्वरोजगार पो हुने की भन्ने तपाईको रुचिमा भर पर्ने कुरा हो तपाई स्वरोजगार बन्छु, आफैं उद्यमी बन्छु भन्ने योजना बनाउँदै हुनुहुन्छ भनें तपाईले काम सुरु गर्नु अघि केहि कुरा बुझ्नु राम्रो हुन्छ

उद्यमी बन्न चाहनेहरुलाई लगानी गर्ने पैसाको नभई के गर्ने भन्ने योजना अथवा कामको टुँगो लगाउनु त्यसमा दृढ भएर लाग्नु ठूलो कुरा हो यसैगरी आफूले गर्ने काममा सुरुमा कसै कसैको रेखदेख, सल्लाह, सुझाव लिनु राम्रो हुन्छ उद्यमी बन्न चाहनेहरुलाई तालिम दिने उद्यम सुरु गर्न सघाउने सिमित संस्था मध्येको एक हो अन्तरप्रेरणा राजधानीको डिल्लीबजारस्थीत अन्तरप्रेरणाका प्रमुख कार्यकारी निरज खनाल सँग सुनिल न्यौपाने ले गरेको कुराकानी

तपाईहरुले कुनै व्यक्तिलाई उद्यमी बन्न सघाउने हिसावले कस्ता कार्यक्रम गर्नुहुन्छ ?

– विशेष गरी एउटा नव उद्यमशाला भयो जसले व्यापार व्यवसायलाई अलिकति ईथिकल, हेल्दी वे भन्छौं हामी कसरी गर्ने ? समाजप्रति उत्तरदायी सरकारप्रति उत्तरदायी आफ्ना ग्राहकप्रति उत्तरदायी भएर कसरी हामी काम गर्न सक्छौं भनेर हामी सिकाउँछौं त्यसैगरी नयाँ आइडिया(विचार)हरु ल्याउनुपर्यो भनेर हामी कलेजहरुमा पनि हामीले ‘ईन्फरमेसन सेण्टर’, ‘विजनेश सेण्टर’ भनेर चलाइरहेका छौं त्यसैले विचार लेभल देखि लिएर कलिकति ‘विजनेश’ गरिसकेका व्यक्तिहरुलाई ‘कोच’ गरेर हामी उनीहरुलाई ‘मेण्टर’ गरेर उनीहरुलाई लगानी ल्याउन सक्ने अवस्थासम्म सहयोग गरेर हामी काम गरिरहेका छौं

यो खालको संस्थाको आवश्यकता नै किन महशुश गर्नुभयो तपाईहरुले ?

– आर्थिक समृद्धिका कुरा हामी गरिरहेका छौं आर्थिक समृद्धिको कुरा गर्दा सानो व्यापार सुरु गर्न लागिरहेकाहरुलाई अगाडी नल्याई त्यो सम्भव छैन विश्वव्यापी अभ्यास हेर्दा पनि रुपमा धेरैजसो रोजगार सानो व्यापार व्यवसायले सिर्जना गरेको देखिन्छ त्यसैले नयाँ ईन्नोभेसन प्रव्लम सल्भरर्जहरु चाहिन्छ नेपालमा समस्या धेरै नेपालमा त्यो समस्या समाधान गर्ने भनेको को हो भन्दा उद्यमी हो ति समस्या समाधान गर्ने उद्यमी अझ धेरै चाहिन्छ भन्ने हामीलाई लागेर हामीले यो संस्था सुरु गरेका हौं     

तपाईहरुको संस्थामा निश्चित समय सिकेर गएका व्यक्तिहरु आफ्नो व्यापार, व्यवसाय, उद्यममा कसरी सफल भएका छन् ?

– हाम्रो तालिममा सहभागि गएर गएकाहरुको आफ्नो उद्यम, व्यवसायमा एउटा प्रष्टता देखिएको के गरिरहेको रहेछु भन्ने बुझ्न उहाँहरुलाई सहयोग पुगेको पहिले चाहिं के गरिरहेको छु भन्ने मात्रै थाहा हुन्थ्यो, त्यसको सम्भवना के भन्ने बुझेर नहेर्नेहरुले पनि आफ्नो त्यसमा रुचि की छैन भनेर बुझ्न सक्ने भएका छन् हाम्रो तालिमका सहभागिहरु हामीकहाँ एकजनाले मःमः पसल राख्यो भनें त्यहिसँगै अर्कोले पनि गर्ने चलन त्यसैले मैले के गरिरहेको वा गर्न खोजिरहेको छु भन्ने कुरामा प्रष्टता ल्याउन हामीले मद्धत गरिरहेका छौं त्यहि प्रष्टता आएकै कारण हामीसँग तालिम लिएका मध्ये वटा कम्पनीहरुले लगानी जुटाइसकेका छन् १५ लाख, २० लाख, ४० लाखसम्म पनि लगानी भित्रियाइसकेका छन् उनीहरुले

अर्को पक्ष वास्तविक कुरा राम्रोसँग बुझेपछि यो उद्यमशीलता भनेको मेरो रुचिको क्षेत्र होइन रहेछ बरु उद्यमीहरुलाई नै सहयोग गर्छु व्यापार व्यवसाय गर्नु गाह्रो काम रहेछ, अहिले तयार भएको छैन रहेछु भनेर पनि निस्कनु भएको मान्छेलाई अलमलमा राख्नु हुन्न भनेर हामी उनीहरुलाई प्रष्ट बनाउने काम गर्छौं

तपाईसँगको कुराकानी पढिरहेको युवा जो उद्यमी बन्न चाहन्छ तर उसलाई ज्ञान छैन कसरी उद्यमी बन्ने भनेर त्यस्ता युवालाई तपाई के भन्न चाहनुहुन्छ ?

– उद्यमशीलता भनेको आफूले के समस्या देखिरहेको छु आफैं, आफ्नो घर परिवार वा समाजमा त्यसको समाधान दिन खोज्ने उपाय हो विचार कहिले काहिं ठूलो हुनसक्छ त्यसलाई ठिक आकार दिएर भोलीका दिनमा त्यसलाई व्यवसायीक बनाउने उपायका बारेमा हामी तपाईलाई सहयोग गर्न सक्छौं सानो सानो चरण पार गर्दै कसरी अगाडी बढ्न सकिन्छ भनेर हामी उहाँलाई उत्प्रेरित गर्न सक्छौं हाम्रो नाम नै अन्तरप्रेरणा हो विस्तारै उहाँको प्रतिवद्धता, लगनशीलता, परिश्रम हेरेर हामी लगानी पनि गर्न सक्छौं

त्यो तपाईहरुको तर्फबाट गर्ने भइहाल्यो कुनै व्यक्ति उद्यमी बन्न चाहन्छ भनें उसले आफूले गर्नुपर्ने प्राथमिक तयारी चाहिं के हो ?

– सुरुमा आफूले त्यो काम किन गर्न खोज्दै छु भनेर प्रष्ट हुनुपर्यो अरुले गरेको देखेर सम्भावना रहेछ भनेर मात्र लाग्नु भएन भित्रै देखि यो काम गर्छु भनेर मेरो अन्तरप्रेरणा नै यहि हो भनेर आएको भनें चाहिं त्यो मान्छे अगाडी बढ्न सक्छ ठूलो कुरा सोच्नु भन्दा पनि तपाईको योजनालाई कार्यान्वयन गर्न आजकै दिनमा सानो भन्दा सानो काम के गरेर त्यसमा केन्द्रीत भएर अगाडी बढ्न सक्नुभयो भनें त्यहि नै उद्यमशीलता हुन्छ

उद्यमी बन्न चाहने सुरुवाती चरणका मान्छेहरुलाई पर्ने चुनौतिहरु के हुन् ?

– विचारमा नै प्रष्टता हुँदो रहेनछ उहाँ चाहिं पैसा भएन भनेर आउनुहुन्छ तर पैसा होइन विचार नै प्रष्ट हुँदो रहेनछ उत्पादन एकदमै राम्रो हुन्छ तर मेरो सामान किन्ने प्राथमिक ग्राहक को हो भनेर समेत निक्र्यौल गर्न नसकेको अवस्था हुँदो रहेछ अर्को कुरा आफ्नो व्यवसायीक साझेदार अर्थात समुहको सदस्य छनौट गर्न पनि गाह्रो भइरहेको हुँदो रहेछ , कहिलेकाहिँ चाहिं एकदमै धेरै विचारहरु भएर एउटामा केन्द्रीत हुन नसकिरहेको अवस्था पनि हुँदो रहेछ यसैगरी यी सवै काम गर्न एउटा उपयुक्त सल्लाह नियमित रुपमा अनुगमनको आवश्यकता आवश्यक पर्दछ त्यो पनि नपाइरहेको हामीले देखेका छौं सही मान्छेलाई गएर भेट्ने, सही सल्लाह लिने अवसर कम भएको देखिन्छ

तपाईहरुको संस्थामा सवै मान्छे आइपुग्दैनन् त्यसैले त्यस्ता व्यक्तिलाई तपाईको सुझाव के ?

– जसले व्यवसाय सुरु गर्ने योजना बनाउनु भएको तपाईले एकजना प्रशिक्षक(कोच) राख्नुस् जसले तपाईको कुरा काममा सल्लाह, सुझाव दिन सकोस् आफूले गरेका काममा यो ठिक यो वेठिक भयो भनेर त्यो व्यक्तिले तपाईलाई सही बाटो देखाउन मद्धत गरोस्, हौसला दियोस्

उद्यमशील हुनु आफैंमा कत्तिको सजिलो, गाह्रो काम हो ?

– आफू जान खोजेको लक्ष्यमा आफू प्रष्ट , त्यसमा केन्द्रीत भनें गाह्रो केहि हुन्न उद्यमी भनेकै समाधान दिने मान्छे हो त्यसैले समाधान खोज्दै जाँदो रहेछ तर आफूले गर्न खोजिरहेको कुरामा प्रष्ट छैन, अरुले गरेको देखासिकि गरेर, यसमा भविष्य वा पैसा भनेर लागेको भनें त्यो पक्कै गाह्रो हुन्छ तर आफू एकदमै प्रतिवद्ध , यो कुरा चाहिं मैले नै गर्नुपर्छ भनेर लाग्ने मान्छेहरुले चाहिं गरेको देख्छु

व्यक्तिगत रुपमा उद्यमी हुनु एउटा कुरा हो तर हामीकहाँ त्यति धेरै प्रचलनमा नरहेको हालसालै सुरु भएको अभ्यास सामुहिक लगानीको हो यसको सजिलो, अप्ठ्यारो कस्तो देख्नुहुन्छ ?

– सामुहिक रुपमा काम गर्दा कोसँग काम गर्दैछु भनेर एकदमै हेरेर काम गर्नुपर्दछ हामीसँगै आइपुगेका कतिपय साथिहरु एकदम राम्रो उत्पादन लिएर आउनुहुन्छ तर त्यसको बजारमा विक्रि गर्न सकिरहेको हुनुहुन्न किन भनेर खोज्दा सवैजना ईञ्जिनियरको समुह हुन्छ उहाँहरुले राम्रो सामान बनाउनुहुन्छ तर त्यो समुहमा बजारमा गएर बोलेर बेच्ने मान्छे हुन्न त्यसैले समुह बनाउँदा फरक फरक सीप भएको व्यक्तिहरुको समुह बनाउँदा राम्रो हुन्छ

अहिले बैदेशिक रोजगारमा थुप्रै मान्छेहरु छन् जसले केहि पैसा कमाएका छन्, सीप आर्जन गरेका छन् उनीहरुको फर्किने क्रम पनि बढेको उनीहरुले नेपालमा काम गर्न सक्ने क्षेत्रहरु के हुनसक्न् ?

– हामीले त्यस्तै केहि साथिहरुलाई पनि लगानी गरेका छौं पहिले उहाँहरुको एउटा दुःखद अनुभव रहेछ पत्रकार साथिहरुले कृषिमा लगानी गरेर राम्रो आम्दानी गरेकाहरुको थुप्रै समाचारहरु प्रकाशन प्रशारण गर्नुभयो त्यहि देखेर साथिहरुले बाख्रा, गाई पालनमा लगानी गर्नुभएछ जवकी विदेश बस्दा बर्ष उहाँहरुले त्यहि काम गरेको थिएन भन्ने कुरा चाहिं विचार गर्नु भएनछ त्यसैले नराम्रोसँग आफ्नो पैसा डुवाएर साथिहरु हामीकहाँ आइपुग्नु भएको थियो पैसा भनेर मात्र हात हाल्नु हुन्न, त्यसअनुसार आफ्नो सीप पनि चाहिन्छ विदेशमा बस्दा आफूले गरेको काम अनुरुप नै नेपालमा सम्भाव्यता देखेर काम गरिरहेका साथिहरु चाहिं खुशीसाथ काम गरिरहेको देखिन्छ त्यस्ता साथिहरुलाई चाहिं हामी पनि सहयोग गरिरहेका छौं त्यसैले आफूलाई के गर्न मन ,, त्यो अनुसारको सीप की छैन आफूसँग, त्यो काम गर्न आफू कत्तिको प्रतिवद्ध हो भन्ने कुरा पहिले निक्र्यौल गर्नुपर्दछ त्यसपछि त्यहि अनुसारको विविध क्षमता, सीप भएका साथिहरुको समुह बनाएर काम गरेमा सफलता प्राप्त हुन्छ

(काठमाडौं, डिल्लीबजारमा अन्तरप्रेरणा नामको संस्थाका प्रमुख कार्यकारी अधिकृत निरज खनालसँग गरिएको यो कुराकानीको संक्षिप्त अंश शनिवार विहान ९ः१५ देखि १० बजेसम्म प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा गत हप्ता प्रशारण गरिएको प्रकाशित मितिः २०७५ बैशाख २१)

यो पनि पढ्नुहोस् मासिक ३०३५ हजार कमाउँछु, जनालाई १५२० हजारको रोजगारी दिएको छु’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय