काठमाडौं, बैशाख १३-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४४ पैसा छ । रिंगिटको मूल्य केहि दिनयता पुनः बढेको छ । झण्डै साढे दुई बर्षपछि रिंगिटको मुल्य निरन्तर बढिरहेको छ । यसले मलेसियामा कार्यरत नेपालीको आम्दानी बृद्धि हुन्छ ।
यसैगरी कतारी रियालको खरिदर २९ रुपैंयाँ ३१ पैसा र विक्रि दर २९ रुपैंयाँ ४८ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६२ पैसा छ ।
कुवेती दिनारको खरिददर ३५५ रुपैंया छ भनें विक्रि दर ३५६ रुपैंयाँ ९९ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २८४ रुपैंयाँ ७० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् विदेशमा मृत्यु हुने मध्ये अधिकाँश ४० बर्ष मुनिका
