घरकै उद्यमले मासिक ३० हजार कमाई

तेह्रथुम, बैशाख १०-

लालीगुराँस नगरपालिका एक टुटेकी विष्णु लिम्बूले घरमै गरेको उद्यमबाट मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन्। दूधबाट बन्ने विभिन्न प्रकारका खाद्यसामग्री तयार गर्ने उद्योग सञ्चालन गरी लिम्बूले मासिक ३० हजारसम्म कमाइ गरेकी हुन्। उनी अहिले महिलाले पनि उद्यम सञ्चालन गरी आम्दानी लिन सक्छन् भन्ने उदाहरण बनेकी छन्।

दुई वर्षअघि तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको उनको उद्योगमा दुग्धपदार्थ (खुवा, छुर्पी, दही, घिउ, पनिर, चकलेट, ललीपप) लगायत खाद्यवस्तु उत्पादन गरिन्छ।

उनका श्रीमान बैदेशिक रोजगारमा गएको भएपनि उनको खासै कमाई भएन । श्रीमानले विदेशबाट पठाएको केही पैसा, साथीभाइ र स्थानीय सहकारीमार्फत ऋण खोजेर थालेको उद्योगले अहिले राम्रै आम्दानी गरिरहेको लिम्बूको भनाइ छ।

महिलाले आफैं उद्योग खोलेर आम्दानी गरेको देखेपछि आसपास क्षेत्रका पुरुषसमेत चकित छन्। अन्नपूर्ण पोष्टबाट

यो पनि पढ्नुहोस् प्रेम राईको उद्धारका लागि ११ लाख हस्तान्तरण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय