प्रेम राईको उद्धारका लागि ११ लाख हस्तान्तरण

 

काठमाडौं, बैशाख ९-

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) सहयोग समुह, साउदी अरवले प्रेम राई बचाउ अभियानमा ११ लाख सहयोग गरेको छ । जिफन्ट केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा जिफन्टका नवनिर्वाचित महासचिव जनक चौधरीले सो रकम प्रेमकी श्रीमति सरिता राई तथा प्रेम राई बचाउ अभियान मुल समितिका संयोजक चन्द्र सिंह कुलुङ लगायतलाई हस्तान्तरण गरे । 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि चौधरीले श्रमिकले आफ्नो गाँस काटेर गरेको सहयोग भएका कारण यसको ठूलो महत्व रहेको बताए । उनले सो रकम सानो भएपनि श्रमिकले गरेको सहयोगी भावनालाई यसले झल्काएको धारणा राखे । चौधरीले सदैव श्रमिक आफैंले यसरी सहयोग गरेर सम्भव नहुने भन्दै यसमा सरकारले नै नीति बनाएर उपाय खोज्न आवश्यक रहेको बताए । हाल पनि बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने सहयोग सिमित रहेको भन्दै अव भनें यसमा ढिलो गर्न नहुने उनको भनाई थियो ।

सो अवसरमा बोल्दै प्रेम राईकी श्रीमति सरिता राईले निर्दोष हुँदा हुँदै फसाइएका आफ्ना श्रीमानको उद्धारमा गरेको सहयोगका लागि धन्यवाद दिइन् । यसैगरी प्रेम राई बचाउ अभियान, मुल समितिका संयोजक चन्द्र सिंह कुलुङले एउटा ठूलो नेटवर्क भएको संस्थाले यसरी गरेको सहयोगको सराहना गरे । उनले हालसम्म प्रेम राई बचाउ अभियानमा ७० लाख संकलन भएको र बाँकी रकम सरकारले सहयोग गर्ने अपेक्षा प्रकट गने ।

सो अवसरमा जिफन्ट साउदी अरव प्रतिनिधि राज तामाङले अन्य अभियानहरुमा संकलन भएको लाखौं रकम विभिन्न संस्था र व्यक्तिका लनाममा राखिएको भन्दै पीडितको सहयोगमा खर्च गर्न आग्रह गरे । उनले अनिश खालिङ राईको नाममा उठेको ८० लाख रकम बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको खातामा तथा रामचन्द्र तिमिल्सिनाको उद्धारमा उठेको मध्ये २२ लाख रकम एनआरएनए, साउदी अरवका केहि व्यक्ति लगायतका नाममा राखिएको भन्दै त्यसको खोजि गर्न थालिएको उनको भनाई थियो ।

 

आइतवार हस्तान्तरण गरिएको रकम साउदी अरवस्थीत जिफन्टका सदस्यहरु, जिफन्टको सातौं महाधिवेशनमा राजधानीमा संकलित रकमका साथै अन्य ९ वटा संस्थाले गरेको सहयोग हो । प्रवासी मिलन एकता समाज, साउदी अरव, प्रवासी नेपाली मञ्च, साउदी अरव, तमु धिं, साउदी अरव फ्रेण्ड्स अफ नेपाल, साउदी अरव, नेपाल मगर संघ, साउदी अरव, प्रवासी नेपाली सहयोग युवा मञ्च, साउदी अरव, नव ज्योति प्रवासी एकता समाज, साउदी अरव, स्याँग्जा सहयोग समाज, साउदी अरव र विवेकशील साझा सद्भाव समुह, साउदी अरवले यो अभियानमा सहयोग गरेका छन् ।  

कुमार रानाको उद्धारको अपिल

रकम हस्तान्तरण समारोहमा गाडी दुर्घटनामा निर्दोष हुँदा हुँदै फसाइएका गोरखाका कुमार रानाको परिवारले उनको उद्धारको अपिल गरेको छ । ८ महिनादेखि थुनामा रहेका कुमारको रिहाईमा सहयोग गरिदिन उनकी श्रीमति अम्विका रानाले अनुरोध गरिन् । उनले आफ्ना श्रीमानको कुनै दोष नहुँदा नहुँदै पनि फसाइएको र दुर्घटनाको डेढ बर्षसम्म कम्पनीले काममा लगाएर त्यसपछि प्रहरीले पक्रेर जेल हालेको उनको भनाई थियो ।

परिवारका अनुसार कुमारले चलाएर रोकिराखेको गाडीमा आएको अर्को गाडी ठोक्किएकोमा अदालतले डेढ बर्षपछि कुमारलाई दोषि ठहर गर्दै २ लाख ८० हजार रियाल क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । सोही अभियोगमा हाल उनी जेलमा छन् ।

‘विदेशबाट स्वदेश फर्केर काम गर्ने हो भनें’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय