कतार एयरवेजमा रोजगारी दिलाइदिने नाममा ७ जना युवाको रकम ठगि, पासपोर्ट पनि हरायो

 

प्रभातकुमार मिश्र, जनकपुर, बैशाख ६-

बैदेशिक रोजगारमा जान चाहने युवासँग ग्रामिण तहसम्म पहुँच, सम्पर्क एजेण्टकै भन्नेमा दुई मत छैन तर त्यसरी गाउँबाट एजेण्टको पासपोर्ट संकलन गरेपछि कति तह हुँदै सो पासपोर्ट सम्वन्धित मेनपावर कम्पनीसम्म पुग्छ होला ? एक दुई वा तीन तह ? हो त्यसरी संकलन गरिएका पासपोर्ट मेनपावर कम्पनीसम्म पुग्न धेरै चरण पार गर्नुपर्ने मात्र होइन हरेक तहका एजेण्टसँगै कामदारको थाप्लोमा रकमको भारी पनि थपिंदै जान्छ तर धनुषाका जना युवा रकमको भारी थपिने मात्र नभइ पासपोर्ट नै हराएर अप्ठ्यारोमा परेका छन्

धनुषाको गणेशमान नगपालिका वीरेन्द्र बजारका ईद्रीस शवारी, कारी राईन, आजाद राईन, रामप्रसाद महरा, सन्तोष कुमार महरा, रामेश्वर महरा तथा धनुषाधाम नगरपालिकाका अतावुल कवारी गरी जनाको पासपोर्ट यसरी नै एजेण्टहरुले वेपत्ता बनाइदिएका छन्

“हामीलाई कतार एयरवेजको क्लीनरको काममा लगाइदिने भन्दै स्थानीय एजेण्ट जासिम मियाँ कवारीले डिमाण्ड(अफर लेटर) देखाएको हो” पीडित मध्येका एक ईद्रीसले भने “त्यसपछि हामीले उसलाई पासपोर्ट बुझाएका हौं ।” मासिक हजार तलव खाना खर्च वापत सय गरी १३ सय रियाल तलव हुने काममा भन्दै जासिमले उनीहरुसँग पासपोर्ट लिएको पीडितहरुको भनाई

उनीहरुले पासपोर्टसँगै प्रतिव्यक्ति रु. ३० हजार पनि बुझाएका हुन् झण्डै तीन महिना अगाडी पासपोर्ट रकम बुझाएका उनीहरुको पासपोर्ट आफूले जीवन(अशुतोष कर्ण) लाई बुझाएको एजेण्ट जासिमले बताएका थिए यो प्रकरणमा कर्ण दोश्रो तहको एजेण्ट हुन्

कर्णले ति पासपोर्ट बीरेन्द्र चौधरी भन्ने व्यक्तिलाई बुझाएको बताएका छन् कर्णले उनी नयाँ मेनपावर व्यवसायी भएको दावी गरे तर तीन महिनासम्म पनि बैदेशिक रोजगारमा नपठाएपछि पीडितले फोन गर्दा चौधरीले आफूले उनीहरुको पासपोर्ट फिर्ता गरिदिन अञ्जन सिग्देल भन्ने व्यक्तिलाई दिएको बताएको पीडितको भनाई हाल जासिम सम्पर्कविहिन छन्    

राम्रो रोजगारीमा जान प्रतिव्यक्ति लाख २५ हजार तिर्ने शर्तमा बुझाएको पासपोर्ट हराएपछि तथा रकम समेत फिर्ता नभएको भन्दै न्याय दिलाइदिन पीडितहरुले जनकपुरस्थीत सुरक्षित आप्रवासन सुचना तथा पारामर्श केन्द्रमा निवेदन दिएका छन्    

यो पनि पढ्नुहोस्विदेशबाट स्वदेश फर्केर काम गर्ने हो भनें

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय