मलेसियाको सिण्डिकेट हटाउन परराष्ट्र मन्त्रालय मार्फत पहल सुरु

 

काठमाडौं, बैशाख ३-

बैदेशिक रोजगारमा मलेसिया जाने नेपाली कामदारलाई शोषण गर्न खडा गरिएका विभिन्न कम्पनी खारेज गर्न सरकारले पहल थालेको रोजगारीका लागि मलेसिया जाने कामदारलाई भिएलएन, माइग्राम, वान स्टप सेण्टर लगायत विभिन्न नाममा खोलिएक संस्थाले ठूलो आर्थिक शोषण गर्दै आएका छन्

ति संस्थाहरु खारेज गर्ने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालय मार्फत पहल सुरु भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले परराष्ट्र मन्त्रालय मार्फत त्यसको पहल भइरहेको जानकारी दिए  “छाप लगाउने नाममा, स्वास्थ्य जाँच गर्ने नाममा भइरहेको सिण्डिकेट हट्नेछ” मन्त्री विष्टले भने “त्यसका लागि प्रकृया सुरु भइसकेको ।” उनले बेथितिको दशकौंको चाङ हटाउन केहि समय लाग्ने भन्दै अहिले आफूले परराष्ट्र मन्त्रालय गृह मन्त्रालयसँगको समन्वयमा सो प्रयत्न गरिरहेको बताए

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले जहिलेसुकै पनि राज्यले बहुसंख्यक नागरिकको हित हेर्ने भन्दै सकेसम्म सरकारी तवरबाट नै कामदार पठाउने गरी अध्ययन भइरहेको बताए उनले भने राज्यले धेरै भन्दा धेरै नागरिकको हित हेर्ने हो सोही अनुरुप निर्णय हुन्छ

उनले युएईउ तथा कतारसँग नेपालको सरकारी अस्पतालले गर्ने स्वास्थ्य परिक्षणको रिपोर्टलाई नै मान्यता दिनेगरी कुरा भइसकेको नेपालका सरकारी अस्पतालहरुको प्रयोगशालाको गुणस्तर सुधार गर्नुपर्ने भएमा त्यसमा पनि सुझाव दिन स्वास्थ्य मन्त्रालयको समेत संलग्नतामा कार्यदल गठन भइसकेको बताए

यो पनि पढ्नुहोस्

नेपालीलाई सहयोग गर्न नियोगहरुमा स्थानीय कर्मचारी राखिने

विदेशमा जेल परेका नेपालीलाई सरकारले कानून व्यवसायीको सहयोग दिने 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय