
काठमाडौं, बैशाख ३-
सरकारले विदेशमा जेलमा रहेका नेपालीलाई कानूनी प्रतिरक्षाका लागि सहयोग गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कुनै पनि नेपाली कानून व्यवसायी राख्न नसक्ने आर्थिक अवस्थाका कारण अनाहकमा जेलमा बस्नु नपरोस् भनेर यो निर्णय गरिएको बताए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा मन्त्री विष्टले यसले कम्पनीमा एक्ला एक्लै श्रमिकले रकम तिरेर गन्तव्य मुलुकमा कानून व्यवसायी राख्न सकेकै कारण भोग्नु परेको समस्या अन्त्य हुने विश्वास व्यक्ति गरे ।
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याँक अनुसार हाल विदेशस्थीत जेलहरुमा ५ सय २८ जना नेपाली छन् । यसमध्ये साउदी अरेवियामा २ सय १० जना, मलेसियामा १ सय ७१ ज्ना, कुवेतमा ७० जना, कतारमा ५२ जना, ओमानमा २२ जना तथा बहराइनमा ३ जना छन् ।
यो पनि पढ्नुहोस् मन्त्रालयमा छलफल जारी, विदेशमा कानूनी सहयोग लगायतका विषयमा निर्णय हुने सम्भावना