मन्त्रालयमा छलफल जारी, विदेशमा कानूनी सहयोग लगायतका विषयमा निर्णय हुने सम्भावना 

काठमाडौं, बैशाख ३-

श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सदस्यहरुसँग मन्त्रालयमा छलफल गरिरहेका छन् छलफलमा विभिन्न विषयमा छलफल भइरहेको बैठकमा सहभागि बोर्डका एक सदस्यले जानकारी दिए

एनका अनुसार सरकारले विदेशमा थुनामा रहेका तथा कानूनी प्रतिरक्षा आवश्यक परेका नेपालीलाई सहयोग गर्ने व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको यसका लागि नेपालीका प्रमुख गन्तव्य मुलुकहरुमा वकिल मार्फत त्यस्तो सहयोग गर्न लागिएको हो

यसअघि नै बैदेशिक रोजगार नियमावलीे संशोधन गरी कानूनी सहयोग गर्ने व्यवस्था गरिसकिएको भएपनि सो कार्यान्वयन हुन सकेको थिएन बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले त्यसका लागि आवश्यक फाइल मन्त्रालयमा पठाएको भएपनि श्रम तथा रोजगार मन्त्रालयमा सो फाइल लामो समयदेखि अड्कीएको

बैठकमा यस बारेमा छलफल भइरहेको यसका लागि तत्काल आवश्यक प्रकृया पुरा गर्न मन्त्री गोकर्ण विष्टले निर्देशन दिएको बैठकका एक सहभागिले बताएका छन् उनले अव यसमा बाटो फुकेको भन्दै सम्भवतः आजै यसबारेमा कुनै निर्णय हुने जानकारी दिए

यसैगरी बैठकमा विभिन्न गन्तव्य मुलुकसँग भएको श्रम सम्झौताको अध्ययन गर्न, थप मुलुकसँग श्रम सम्झौता तथा न्यूनतम तलव पुनरावलोकन गर्न कार्यदल बनाउने विषयमा पनि छलफल भइरहेको बैठकका ति सहभागिका अनुसार नेपाली धेरैजसो रोजगारीमा जाने गरेका मुलुकमा राजदूत भएर फर्केकाहरुलाई राखेर कार्यदल बनाउने गरी छलफल भइरहेको हो

बैठकमा बैदेशिक रोजगारमा जाने नेपालीको नेपालका सरकारी अस्पतालबाट नै स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने विषयमा पनि हालसम्म भएको प्रगतिको विषयमा छलफल भयो यसअघि मन्त्री हुने वित्तिकै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विभिन्न नाममा रहेको सिण्डिकेट तोड्ने बताएका थिए मन्त्रीको संकेत मलेसिया जाने कामदारसँग विभिन्न नाममा रकम उठाउनेहरुसँगै गाम्का लगायतको नाममा भइरहेको स्वास्थ्य परिक्षणको सिण्डिकेट पनि एक हो  

मन्त्री विष्टले यसअघि नै युएई कतारका राजदूतसँग पनि नेपालका सरकारी अस्पतालले गर्ने स्वास्थ्य परिक्षणलाई नै गन्तव्य मुलुकले मान्यता दिने विषयमा छलफल गरिसकेका छन् हाल यसबारेमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यदल नै बनाएर काम थालिसकेका छन्

यो पनि पढ्नुहोस् विदेशबाट स्वदेश फर्कौ, आफ्नै देश बनाउन जुटौः धुर्मुस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय