विदेशबाट स्वदेश फर्कौ, आफ्नै देश बनाउन जुटौः धुर्मुस

सिताराम कट्टेल, (धुर्मुस)-

विदेशी भूमिमा, अर्काको देशमा दुःख गर्दा धेरै पीडाहरु भोग्नुपर्छ कति नेपालीहरुको अवस्था राम्रो पनि भएको उहाँहरु राम्रोसँग बस्नु भएको तर धेरैजसो रातदिन दुःख गर्ने, पीडै पीडा, घरको समस्या झेलिरहनु भएको आफ्नो भविष्य एकातिर तर बाध्यताले अर्काको देशमा पुगेर दुःख गर्नु परिरहेको यसले उहाँहरुलाई दुःखी पनि बनाएको

यो सवै हुनुको कारण हिजोका दिनमा हाम्रो मुलुकमा राजनीतिक अस्थीरता हुनु नै हो भन्ने लाग्छ तर अव मुलुकमा स्थीर सरकार आएको यसले केहि गर्ला, आफ्नै देशमा रोजगारीका अवसरहरु बढ्लान् भन्ने अपेक्षा आशा गरौं भोलीका दिनमा हाम्रा नेपाली दाजुभाई, दिदिबहिनीहरुले आफ्नै देशमा बसेर काम गर्ने वातावरण बन्नेछ   

पछिल्लो केहि समययता स्टेज कार्यक्रमहरुका अलावा बस्तीहरु निर्माणको कार्यमा जुटिरहेको छु ति बस्तीका बासिन्दाहरुको अवस्था हेर्दा त्यसले मलाई निक्कै भावुक बनाउने गरेको त्यसैले कतिपयले भन्छन् हिजोआज धुर्मुस बढी नै भावुक भयो ति बस्तीमा बस्ने मान्छेहरुसँग बस्दा, उहाँहरुका भोगाईलाई नजिकबाट अनुभूत गर्दा स्वभाविक रुपमा भावुक भएको हुँ तर मेरो मुख्य कर्म कला नै हो अर्को कुरा अहिले धेरै ठूलो उर्जा आइसकेको तरंग आइसकेको विकास भन्ने कुरालाई उत्सवका रुपमा लैजाने हो सवैजना मिलेर गरौं है गरौं भन्दै लाग्यौं भनें असम्भव भन्ने कुरा केहि हुन्न

 

हिजोको दिन कस्तो थियो भन्ने कुरा त्यो बेलाको परिस्थीतिलाई छोडौं के अपिल गर्न चाहन्छु भनें नी हामी सवै जाग्यौं भनें हामी हाम्रो देश नेपाल आफैं बनाउन सक्छौं सरकार पनि अत्यन्त सकारात्मक रुपमा विभिन्न नयाँ नयाँ योजनाहरुका साथमा अगाडी बढिरहेको सन्दर्भमा त्यसैले हामी सवै नेपाली नागरिक, सरकार एकजुट भएर अगाडी बढ्यौं भनें देश बन्न धेरै समय लाग्दैन

हामी युवाहरु दिमागका धनी छौं मनका धनी छौं सोचका धनी छौं सवै चिजले धनी हुँदा हुँदै पनि हामी विदेशी भूमिमा विभेद भोगिरहेका छौं अव त्यसरी विदेशी भूमिमा विभेद नभोगौं हामीले विदेशको सिष्टम सिक्यौं विदेशको विकास देख्यौं अव आफ्नो देश फर्कौं आफ्नो देशलाई बनाउने अभियानमा जुटौं धुर्मुसे बनाउन सकिन्छ है मुलुक भनेर लागेको भनेंकेहि गर्न सक्छु भन्ने युवाहरु अगाडी बढ्नु पर्छ यसमा कुनै अप्ठ्यारो आइपरेमा सरकारले पनि त्यसलाई हटाएर सहज बनाइदिनु पर्छ त्यसो भयो भनें हाम्रो मुलुक बनाउन धेरै समय लाग्ने छैन

(कट्टेलसँग शनिवार विहान ९:१५ देखि १०:०० बजेसम्म प्रशारण हुने रेडियो कार्यक्रम सुनौलो मौकाका लागि श्रीधर पौडेलले गरेको कुराकानीमा आधारित बैशाख , २०७५ मा प्रकाशित)

यो पनि पढ्नुहोस्नेपालमा नै महिनामा ४०-५० हजार कमाई हुने काम यी हुन्’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय