‘स्वदेशमा नै मासिक ५० हजार कमाइरहेको छु’

काठमाडौं, चैत्र ३०-

मेरो नाम लक्ष्मण विसी हो । मेरो घर रुपन्देहीमा पर्दछ । हाल काठमाडौंमा बस्दछु । पासपोर्ट बनाएर विदेश जानलाई तयार भइसकेको थिएँ   साथिहरु दाईहरुले एउटा तालिम खुलेको , लिन जाउ भन्नुभयो त्यहाँ तालिम लिएपछि आफैं व्यवसाय गर्न सकिन्छ भन्नुभयो । त्यसपछि म काठमाडौको पिस प्राविधिक तालिम केन्द्रमा पुगें । त्यहाँ तालिम खुलेको रहेछ । हेल्भेटासले सहयोग गरेको सो तालिम निःशुल्क थियो । त्यसपछि पासपोर्ट थन्क्याएर आल्मुनियम फेब्रिकेटरको तीन महिना लामो तालिममा सहभागि भएँ

तीन महिनाको तालिम लिएँ तालिम सकेपछि आफैंले व्यवसाय सुरु गर्ने योजना बनाएँ ५० हजार मेरो साथमा नै थियो बाँकी केहि रकम फाइनान्सबाट ऋण लिएँ जम्मा लाख ४० हजार लगानी पर्यो विदेश जाँदा पैसा पनि लगानी गर्नुपर्यो, ज्यान पनि ठेगान हुन्न यहाँ आफ्नै ठाउँमा काम गर्न थालेपछि सन्तुष्ट भएँ

धेरै मान्छेलाई काममा लगाएर, धेरै काम लिएर गर्न सकियो भनें यो क्षेत्रमा निक्कै फाइदा त्यसो गर्न सकिएन भनें पनि ठिकै दुईतीन जनासम्म काम गर्ने साथिहरु राखेर काम गर्दा पनि उनीहरुलाई तलव दिएर आफ्ना लागि महिनामा ५० हजार भन्दा बढी नै फाइदा हुन्छ

खाडीका मुलुक मलेसियामा हुने काम कमाई भन्दा नेपालमा नै राम्रो बालबच्चा पालेर महिनामा ५०६० हजार कमाई हुन्छ विदेशमा पनि हामी त्यो भन्दा धेरै कमाउन सक्दैनौं यहाँ आफ्ना जहाज, बालबच्चासँगै बस्न पाइएको

नेपालमा काम गर्दाको अर्को फाइदा भनेको यहाँको काम त्यति धेरै जोखिमपूर्ण पनि छैन दुईतीन तल्लाका घरमा हो हामीले सामान्यतया काम गर्ने त्यसैले तिनिहरुमा काम गर्दा सुरक्षाका हिसावले धेरै चिन्ता हुन्न विदेशमा धेरै तल्लाका घरहरुमा काम गर्नुपर्ने हुन्छ भन्ने सुनेको छु

मसँग काम गर्ने एकजना मिस्त्रि एकजना हेल्पर छन् मैले मिस्त्रिलाई मासिक २० हजार तलव दिएको छु हेल्परलाई १० हजार उनीहरुको खाना खर्च देखि लिएर सवै खर्च मैले नै उपलव्ध गराएको छु त्यसैले सरदर उनीहरुको सवै खर्चसमेत जोड्दा मिस्त्रिको मासिक ३० हजार भन्दा माथि हेल्परको मासिक २० हजार माथि हुन्छ हेल्परको काम पनि बढीमा बर्ष सिक्ने हो त्यसपछि मिस्त्रि हुन सकिहालिन्छ मसँग नै काम गर्ने धेरै भाईहरु मिस्त्रि भइसकेका छन् उनीहरु अहिले आफ्नै व्यवसाय गरिरहेका छन् त्यसैले स्वदेशमा नै मेरो जस्तै काम गर्दा पनि राम्रो फाइदा अन्यत्र काम गरेपनि भयो मैले जस्तै केहि लगानी गरेर आफ्नै व्यवसाय गर्दा पनि भयो  

विदेश जाँदा मेनपावर कम्पनी वा एजेण्टलाई एक डेढलाख बुझाएर जाने हो त्यत्रो लगानी गरेर जाँदा त्यो लगानी उठाउने, कमाउने अवस्था हुन्छ, हुन्न ठेगान हुन्न यहाँ विना लगानी नै काम गर्न पाइयो त्यसैले विदेश जाँदा लाग्ने खर्च बचत हुन्छ २०-३० हजार कमाउन नेपालमा खासै समस्या छैन भन्ने लाग्छ  

(कोटेश्वरमा आल्मुनियम फेब्रिकेटरको आफ्नै उद्योग चलाइरहेका विसीसँगको कुराकानीमा आधारित । विसीसँगको कुराकानी हरेक शनिवार विहान ९ः १५ देखि १० बजेसम्म देशका २२ वटा रेडियो स्टेशनहरुबाट प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा प्रशारण भएको हो)

यो पनि पढ्नुहोस् कुन मेनपावर कम्पनी कस्तो ? अव अनलाइनबाट नै थाहा पाइने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय