गतिलो कमाई हुने लोभमा ४ लाख बुझाएपछि हात पर्यो नक्कली भिजिट भिषा

 

प्रभातकुमार मिश्र, जनकपुर, चैत्र २९-

धेरै कमाउने भए सिंगापुर जानु तर पैसा अलिक तिर्नुपर्छ एजेण्टले सुरुमै गतिलो कमाईको लोभ देखाएपछि महोत्तरीका  श्यामदेव यादव सहितको समुह जालमा फसिसकेको थियो उनीहरुले त्यहि गतिलो कमाई हुने सपना मात्र देखे तर त्यहि सपनाले उनीहरुलाई डुवाउँदै गरेको भेउ नै पाएनन् अन्ततः उनीहरु अहिले आफ्नो फसेको रकम उठाइदिन हारगुहार गर्दै हिंडिरहेका छन्

धनुषाका श्याम देव यादव, राम राउत, मुसाफिर राउतले एजेण्टले सपना देखाएर नै उठाएको प्रतिव्यक्ति लाख रकम फिर्ता दिलाइदिन आग्रह गर्दै जनकपुर स्थीत सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् उनीहरुले रामेछापका दिपक कुमार पन्थ, छुनाम कुमार बाल तथा केशव बहादुर शाहीले मिलेर आफूहरुलाई ठगेको भन्दै निवेदन हालेका छन्

पन्थ लगायतको टोलीले सुरुमा उनीहरुलाई सिंगापुर पठाइदिने आश्वासन दिएको थियो पछि जापान हुँदै धेरै कमाई हुने युरोपेली मुलुक ग्रिसमा कृषि कामदारका रुपमा पठाउने भन्दै काठमाडौं बोलाएर प्रतिव्यक्ति रु लाख पासपोर्ट लिएका थिए त्यसपछि थप रकम तत्काल चाहिएको भन्दै पन्थले ताकेता गरेपछि मुसाफिर राउतका आफन्त मार्फत उनीहरुले पन्थको नाममा रु लाख ८० हजार आइएमई मार्फम रकम बुझाएका थिए

त्यसपछि पनि विभिन्न चरणमा गरेर थप रकम माग्दै एजेण्ट पन्थको समुहले पीडितहरुबाट १२ लाख(प्रतिव्यक्ति लाख) उठाएको अन्ततः उनीहरु टर्कीको पर्यटक भिषा थमाएर बेखवर भएको पीडितको गुनासो यो भिषा पनि जाँच गराउँदा नक्कली भएको पाइएको भन्दै उनीहरुले आफूहरुको रकम फिर्ता गर्न सहयोग गरिदिन आग्रह गरेका छन् । 

ठगि प्रकरणमा भारतमा बस्ने अर्का एजेण्ट रोहित राना पनि संलग्न भएको पीडितको भनाई छ । उनको भारतीय मतदाता परिचयपत्रको प्रतिलिपि समेत पीडितहरुले निवेदनका साथ बुझाएका छन् । तर सो कार्डमा एउटा अक्षर नेपालीमा लेखिएको देखिएका कारण सो कार्ड नक्कली भएको सहजै अनुमान लगाउन सकिन्छ । 

पछिल्लो समयमा टर्कीमा पर्यटकको भिषामा नेपालीलाई पठाएर अलपत्र पार्ने क्रम बढ्दै गएको

यो पनि पढ्नुहोस् कुन मेनपावर कम्पनी कस्तो ? अव अनलाइनबाट नै थाहा पाइने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय