विदेशबाट श्रीमानले अर्कैसँग लागेको आरोप लगाउँदा झरेका आँशु  ………….. (भिडियो)

काठमाडौं, चैत्र २८-

बैदेशिक रोजगारी देशको आर्थिक मेरुदण्ड बनेको निक्कै बर्ष भयो परिवार, समाज देशको आर्थिक कृयाकलापलाई चलायमान बनाउने मुख्य हिस्सा बैदेशिक रोजगारको तर बैदेशिक रोजगारले जसरी परिवार, समाज मुलुकको आर्थिक हिस्सा धानेको , सामाजिक मूल्य पनि उस्तै चुकाउनु परिरहेको नेपालमा पैसा भित्रिएको प्रष्ट देखियो, तर त्यहि पैसा कमाउन परिरहेको लागत चर्को परेको कुरा विस्तारै देखिंदै

विवाह गर्ने वित्तिकै वा विवाह गरेको बर्षदिनमा विदेशिएको श्रीमान् नेपालमा बस्ने श्रीमतिले राम्रोसँग एकअर्काको व्यवहार बुझ्न समेत नपाउँदै विदेशिनु पर्ने बाध्यता त्यहि छोटो समयले दुई मनबीचको भावनात्मक सम्वन्धलाई कमजोर बनाउँदै मात्रै लगिरहेको छैन, दुईजना सँगै बस्नै नसक्ने अवस्थामा समेत पुर्याइरहेको

एकातिर श्रीमानले विदेशबाट कमाएर पठाएको पैसा लिएर श्रीमति अर्कैसँग हिंडेको समाचार सार्वजनिक हुने गरेका छन्, अर्कातिर विदेशमा बस्ने श्रीमानले दिएको चर्को मानसिक यातना भोग्न बाध् महिलाको संख्या पनि ठूलो लाउँलाउँ खाउँखाउँको अवस्थाका उनीहरु छोराछोरीलाई कापी कलम किन्ने १०/२० रुपैंयाँ नपाएर छटपटिइरहेका भेटिन्छन्

यो भिडियोले त्यस्तै महिलाको कथा भन्छ जो अनाहकमै मानसिक यातना भोग्न बाध्य भए पर्वतकी आशा बाग्लुङकी सपनाको भोगाई हो यो आफ्नो चरित्र माथि कोशौं टाढा परदेशमा रहेका श्रीमानले प्रश्न उठाएपछि विलखवन्दमा परेका उनीहरुको तितो भोगाई हेरौं, सुनौं उनीहरुकै आवाजमा

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/jllxW7-XZPA” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय