श्रम स्वीकृतिको म्याद सकिएपछि पनि घर नफर्किंदा ………..

  

रञ्जना लम्साल, नवलपरासी, चैत्र २६-

चन्द्र बहादुर चौधरी मलेसिया गएको बर्ष भयो   सेक्युरिटी गार्डको काममा उनी गएका हुन् कमाई ठिकै थियो महिनामा २०/२५ हजारका दरले घरमा पैसा पठाइरहेका थिए

एकबर्ष अगाडी घरमा चन्द्र बहादुरका बाबु बेचन चौधरी एक्कासी बिरामी परे कडा व्लड प्रेसरका कारण प्यारालाईसीस भयो उनी हिंड्डुल गर्न सक्दैनन् बाबु त्यसरी ओछ्यान परेपछि चन्द्रबहादुरलाई घर फकिृन परिवारले आग्रह गरे तर उनी आएनन्

करार अवधि पनि सकियो तर उनी नेपाल फर्केनन् हरेक पटक परिवारसँग आइहाल्छु भन्दै टारिरहे २०७४ साल फाल्गुन १२ गते परिवारले खबर पायो, अबैधानिक रुपमा बसोबास गरेको अभियोगमा चन्द्र बहादुर मलेसियामा पक्राउ परे

छोरो जेल परेको सुनेदेखि चन्द्र बहादुरका बाबु बेचनको आँखा ओभानो छैनन् उनी छोरालाई घर फर्काओ भनेर भनिरहन्छन् तर परिवारका अन्य सदस्यलाई थाहा छैन उनी कसरी नेपाल फर्किने हुन् श्रीमानलाई जेलमुक्त गरी नेपाल फर्काइदिन सहयोगको हारगुहार माग्दै चन्द्र बहादुरकी श्रीमती किशान्ति चौधरीले सुचना तथा परामर्श केन्द्र कावासोतीमा निवेदन दिएकी छन

संगै जेलमा बसेर आएको एकजना साथीले मलेशियाको जेल बडी नम्बर उपलब्ध गराउँदै चन्द्र बहादुरलाई जेलमा निकै कष्ट सहनु परेकाले तुरुन्तै निकाल्न परिवारलाई फोन मार्फत जानकारी गराएका छन् उनका अनुसार हाल चन्द्र बहादुर बुकित ईमिग्रेशन डीपो केलाङ्गमा रहेका छन्

सुचना तथा परामर्श केन्द्र कावासोतीले चन्द्र बाहादुरलाई नेपाल फिर्ता गर्न प्रवासी नेपाली समन्वय समिति मार्फत पहल थालेको जनाएको केन्द्रका कार्यक्रम संयोजक रितुराम सोती थापाले उनलाई जेल मुक्त गर्न प्रयास भइरहेको उनलाई अन्य कुनै अभियोग नलागेकाले छिटै नेपाल फिर्ता गर्न सुचना केन्द्रको तर्फबाट प्रयास भैरहेको जानकारी जानकारी गराएका छन्

यो पनि पढ्नुहोस् सरकारले विदेशबाट नै पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय