यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं

यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस) को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको

समितिको सहअध्यक्ष अर्जुन पाठक, बरिष्ठ उपाध्यक्ष श्रीकृष्ण प्रजापति, महिला उपाध्यक्ष लीला दाहाल, उपाध्यक्ष अशोक दाहाल, उद्धव अधिकारी, प्रकाश दाहाल  तथा महासचिवमा सूर्य नेपाल, उप महासचिव सुदिप बुढाथोकी, कविता कार्की, गुन सिलवाल, कोषाध्यक्ष हरी बस्नेत, सह कोषाध्यक्ष राम भजन लहेरा चयन भएका छन्

त्यसैगरी केन्द्रिय सदस्यहरुमा रमेस चालिसे, नीमा लामा, नरेन्द्र मानन्धर, देव बहादुर के.सी, सुवास न्यौपाने (खडानन्द), कल्पना माझी बोटे, सहनशिला बस्नेत, सुचित्रा गौतम, पृया आचार्य, पवनजी ज्यू जंग ठकुरी, यम गुरुङ, मो.जुनेद हवारी तथा अश्विनी के.सी रहेका छन्

महाधिवेशनले प्रदेश समिति को अध्यक्षमा सतरोण सहनी, प्रदेश समिति को अध्यक्षमा गणेश कुमार कार्की, प्रदेश समिति को अध्यक्षमा निर्दोश डुम्रे, प्रदेश समिति को अध्यक्षमा केशव के.सीलाई चयन गरेको त्यसै गरि महिला समितिको संयोजकमा मेनुका शाह युवा समितिको अध्यक्षमा सुभाष तामाङलाई चयन गरेको

२०५९ मा स्थापित यो संघ अन्तरष्ट्रिय रुपमा यूनियन नेटवर्क इन्टर नेशनल अन्तराष्ट्रिय यूनियनसंग राष्ट्रिय रुपमा नेपाल ट्रेड युनियन काग्रेससंग आबद्ध

संघको ५२ जिल्ला शाखाहरु तथा विभिन्न छापा तथा सञ्चार माध्यमहरुमा गठन भएका प्रतिष्ठानहरुमा कार्यरत करिव हजार सदस्यहरु रहेका छन

सो संघसंग यसै महाधिवेशनमा नेपालको श्रम विभागमा दर्ता रहेको अन्तराष्ट्रिय रुपमा यूएनआइ आबद्ध भएको तथा नेपाल टेलीभिजन कर्मचारी संघ लगायतका अन्य संचारका ट्रेड युनियनहरु आबद्ध संचारकर्मीहरुको अर्को राष्ट्रिय ट्रेड युनियन समेत एकिकरण भएको

संघको सम्पन्न संघिय महाधिवेशनको एक समारोहका बीच साँसद संजय गौतमले समुदघाटन गरेका थिए समारोहलाई संबोधन गर्दै उनले नेपाली काँग्रेसले आफ्नो नेतृत्व तहमा श्रमिकहरुको प्रतिनिधित्व गराउनु पर्ने त्यसका लागि आफुले सक्दो पहल गर्ने बताए

संघका अध्यक्ष सुबर्ण जंग सिजापतिको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष अयोध्या यादव, श्रमिक नेताहरु आशा सिंह राठौर, ध्रुवचन्द गौतम, अच्यूत पाण्डे, सुधा दहाल, राधिका कुइकेल, तेजेन्द्र जंग कार्की, मोहन बस्नेत, सन्तोष गिरी, प्रदिप आचार्य   गणेश भटटराई, कमल कुमार बिष्ट लगायतले संचार श्रमिकको ट्रेड युनियन आन्दोलनमा यस संघले खेलेको भूमिकाका बारेमा प्रकाश पारेका थिए

महाधिवेशनले संघको परिमार्जित विधान पारीत गर्दै संघले संचारका विधागत राष्ट्रिय युनियनहरु गठन गरी संघलाई नेपालका संचार संस्थाहरुमा कार्यरत सबै तह तप्काका संचारकर्मिहरु समेटेर एक सशक्त ट्रेड युनियन निर्माण गर्ने प्रस्ताव पारीत गरेको नव निर्वाचित महासचिव सूर्य नेपालले जानकारी दिए

महाधिवेशनले श्रमजीवी पत्रकार ऐन सबै संचार संस्थामा लागु गरिनु पर्ने, संचार संस्थाहरुले श्रमजीवी संचारकर्मिहरुको श्रम शोषण बन्द नगरे संचार संस्थाहरुमा तालबन्दि समेत गर्न पछि नपर्ने गरि सशक्त आन्दोलन गर्ने, यूनिपे्रसलाई संचार युनियनको रुपमा राज्यले संचारका बिभिन्न समितिहरुमा यथाशिघ्र स्थान दिनु पर्ने, न्यूनतम ज्याला निर्धाण समितिमा यूनिप्रेसको समेत प्रतिनिधित्व गराउनु पर्ने, संचारलाई नियमन गर्ने असमान कानूनहरु यथाशिघ्र संशोधन गर्नु पर्ने, संचारका विधाहरु बन्द गर्ने जस्ता अभिब्यक्ती गर्ने परिपाटी सरकारी निकायमा रहेका मन्त्रीहरुलगायतका पदाधिकारीहरु बिभिन्न राजनैतिक पार्टीहरुले बन्द गर्नु पर्ने, संचार माध्यमहरुलाई राज्यकर छुट गर्नु पर्ने संचारकर्मिहरुको सूरक्षाको ग्यारेन्टि सरकारले गर्नु पर्ने लगायतका प्रस्तावहरु पारित गरेको

यो पनि पढ्नुहोस् विदेश पठाउने नाममा एजेण्टले हडपेको करोडको जग्गा १३ बर्षपछि फिर्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय