
मलेसिया- मलेसियाले झूठा समाचारविरुद्ध नयाँ कानुन लागू गर्ने भएको छ । अघिल्लो साता संसदमा दर्ता भएको यससम्बन्धी एक नयाँ विधेयक मलेसियाली संसदमा सोमबार बहुमतले पारित भएको छ ।
आमनिर्वाचन नजिकिदै गर्दा सोमबार विपक्षी दलहरुको फरक मतका बाबजुत उक्त विधेयक पारित भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
अघिल्लो साता संसदमा प्रवेश गराइएको उक्त विधेयकमा मूख्य दुई बुँदाहरु संशोधन गर्दै सोमबार पारित भएको हो। उक्त विधेयक अनुसार अब झूठा समाचार उत्पादन, प्रकाशन, प्रसारण या वितरण गर्ने या यस कार्यमा संलग्न भई दोषी देखिने जो कोही माथि ५ लाख रिंगिटसम्म जरिवाना र ६ वर्षसम्मको जेल सजाय हुने उल्लेख छ। कान्तिपुरबाट
विदेश पठाउने नाममा एजेण्टले हडपेको १ करोडको जग्गा १३ बर्षपछि फिर्ता