ज्ञानेन्द्र, प्रचण्ड, मोदी, ट्रम्प र रामदेव अवतारपछि मनोज गजुरेलको नयाँ अवतार आउँदै 

 

काठमाडौं, चैत्र २१-  

“हिजोआज स्टेज कार्यक्रमहरुमा नै व्यस्त छु मैले जीवनमा नै पहिलो पटक फिल्ममा खेल्ने रहर गरें यो रहर मेरा साथिहरुको हौसलाले सम्भव भयो यो फिल्ममा मेरो पनि कथा एउटा स्टेज कलाकार हँसाउने काम गर्छ तर त्यो हँसाउने अवस्थासम्म पुर्याउन उसले के कस्तो पापड बेल्नुपर्छ हँस्यौली पाराले यो सिनेमाले त्यो कुरा भनेको

यो फिल्मले भ्रष्टाचार नियन्त्रण गर्न हामीजस्तो अधवैंशे पुस्ता जो अलिअलि राजनीतिमा लाग्न थालिसकेका छौं, सत्ताको चास्नी चाख्न बानी परिसकेका छौं, त्यस्तालाई चाहिं केहि गरेपनि सकिंदैन किनकी उसको जीनमा नै यसो अलिअलि मिलाएर गर्नुस् भन्ने बानी परिसकेको हुन्छ तर एक दुई कक्षामा पढ्दै गरेको सानो बच्चामा भ्रष्टाचार विरोधि भावना जगाइदिने हो भनें आगामी पुस्तामा भ्रष्टाचार निर्मुल गर्न सकिन्छ भन्ने सन्देश बोकेको सिनेमा सिनेमाको नाम हो सयकडा १० यो सिनेमा आगामी दशैंमा हेर्न पाइनेछ

तर यसो भन्दैमा रङ्गमञ्च छोडेर सिनेमामा लाग्ने भनें छैन किनकी रङ्गमञ्च छोडें भनें  मेरो खेतीपाती नै बन्द हुन्छ मेरो सिर्जनाको पाटो नै बन्द हुन्छ त्यसैले रङ्गमञ्चबाट हराउने छैन रङ्गमञ्च मेरो मुटु हो भनें सिनेमा मष्तिष्क हो मुटु सदैव आफ्नै गतिमा चलिरहन्छ, मष्तिष्क चाहिं ठाउँ अनुसार चलाउने हो मनोज गजुरेल रङ्गमञ्चका लागि जन्मिएको हो, रङ्गमञ्चमै बाँचिरहेको रङ्गमञ्चमा काम गरेर नै प्राण त्याग्नेछ

मैले विभिन्न पात्रहरुको क्यारिकेचर गरिसकेको छु पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिनय गरे अव कुन पात्रको अभिनय गर्ने भनेर यकिन गरेको छैन तर अमेरिकी राष्ट्रपतिकै नक्कल गरिसकेपछि त्योे भन्दा कमको अव गर्ने कुरै आउँदैन ।”

हामीसँगको कुराकानीका क्रममा लोकप्रिय हाँस्यव्यँग्य कलाकार मनोज गजुरेलले यति भनिसकेपछि हामीले उनलाई सोध्यौंः नेपालमा दुईतिहाईको सरकार बनिसकेपछि मानौं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति ट्रम्पको भेट भयो त्यो अवस्थामा ट्रम्पले प्रधानमन्त्री ओलीलाई कसरी बधाई दिन्थे होला ?

सुन्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/kZL2kAD1n-Y” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}

त्यसपछि हामीले अर्को प्रश्न सोध्यौं: अर्को पात्र प्रचण्डको अभिनयका कारण पनि तपाई उत्तिकै चर्चामा रहनु भयो मानौं दुई बाम पार्टीको एकिकरणको अन्तिम कसरत चलिरहँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुष्पकमल दाहाल, प्रचण्डबीच भेटवार्ता भयो त्यो अवस्थामा प्रचण्डले देउवालाई के भन्थे होला ?

सुन्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/WG_qIL9Pyss” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}

गजुरेलले जोगिको प्रसँग निकालेपछि हामीले उनलाई सोध्यौंः तपाईले रामदेवको पनि अभिनय गर्नुभयो जो पछिल्लो समयमा योेगले भन्दा व्यापारले चर्चामा छन् मानौं, उनले नेपालका व्यवसायीलाई उत्प्रेरणामूलक भाषण गर्दैछन् भनें उनले के भन्थे होलान् ? 

सुन्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/-SazJOi9aI8″ frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}

विभिन्न पात्रहरुको अभिनयकै प्रसँग चलिरहँदा हामीले उनलाई अर्को एक पात्रको अभिनयको प्रसँगमा पनि कुरा गर्यौ ति पात्र हुन् पूर्व राजा ज्ञानेन्द्र शाह वर्तमान राजनीतिक अवस्थाका बारेमा पूर्व राजा ज्ञानेन्द्रले टिप्पणी गर्नु परेमा के भन्थे होला भनेर हामीले उनलाई सोध्यौं

सुन्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/i3mWrwVZ7ak” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source} 

यति कुरा गरिसकेपछि हामीले उनलाई बैदेशिक रोजगारमा खासगरी मलेसिया खाडीका मुलुकमा कार्यरत नेपाली, उनीहरुको अवस्था ध्यान दिनुपर्ने कुराका बारेमा उनका धारणा राख्न आग्रह गर्यौं उनले भनेः त्यहाँ वास्तवमै बहुसंख्यक नेपालीहरु श्रम गर्नुहुन्छ साँच्चिकै श्रम भन्नुको अर्थ साँच्चिकै दुःख , साह्रो काम गर्नुहुन्छ तर दुःखको कुरा उहाँहरुले आफ्नो श्रम अनुरुपको प्रतिफल पाउनु भएको छैैन थोरै नेपाली आर्थिक रुपले समृद्ध हुनुहुन्छ उहाँहरुलाई शुभकामना दिनुपर्दछ बहुसंख्यक नेपालीले २० देखि ३० हजारमा कडा श्रम गर्नुपरेको देख्दा लाग्छ, हाम्रै देशमा कुनै रोजगारीका अवसरहरु सिर्जना हुन सकेमा, उहाँहरुलाई स्वदेशमा नै फर्काउन सकेमा उहाँहरुको पनि हीत हुन्छ मुलुकको पनि हीत हुन्छ भन्ने मलाई लाग्दछ

विदेशमा बस्दा हामीले हाम्रो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने मैले देखें ज्यादै चर्को घाममा वा गर्मीमा बाहिर लामो समय काम गरेर फर्केर आएपछि चिसो एसिमा बस्ने, चिसो खाने गर्नु हुन्न यो कुरामा विशेष ध्यान दिनुपर्दछ अनि एउटा नेपाली जो अलिक गर्न सक्ने उसले अलिक नसक्ने कोहि नेपाली रहेछ भनें उसलाई सहयोग गर्नुपर्ने हुन्छ किनकी राम्रो क्षेत्रमा काम गर्ने उन्नत आर्थिक अवस्था भएका नेपालीहरु पनि धेरै हुनुहुन्छ खाडीका मुलुक मलेसियामा थुप्रै नेपालीले कमजोर अवस्थामा रहेका नेपालीलाई सहयोग गरिरहेको पनि देखिन्छ

नेपालको कुरा गर्ने हो भनें स-साना झुप्राहरुमा, एकतल्ले घरहरुमा अहिले डिस एण्टेना जोडिएको छ  बाआमा, श्रीमति वा श्रीमानको हातमा मोवाईल दुःख नै गरेर भएपनि बालबालिकाले बोर्डिंगमा पढ्न पाएका छन् नेपालमा बस्ने आफन्तले के बुझिदिन जरुरी भनें यो सुविधा आकाशबाट बर्सिएको होइन, जमिनबाट निस्केको होइन, तपाईका ति आफन्तले विदेशमा ५० डिग्रिको तातोमा रगत पसिनासँग साटेर पठाएको पैसाका कारण सम्भव भएको हो त्यो पैसालाई सदुपयोग गरिदिनुस् त्यो मुलधनलाई अझ नाफा हुने उद्यममा लगानी गर्नुहोला

अर्को कुरा परिवारका सदस्यहरु टाढा हुँदा श्रीमान श्रीमतिबीच, बाबुआमा छोराछोरी बीच सम्वन्धमा केहि खाल्टा परेको देखिन्छ क्षणिक भावावेशमा आएर हाम्रो सामाजिक परम्परा, सामाजिक नैतिक बन्धनलाई नटुटाउनु होला एकछिनको आनन्दले गर्दा जीवनभरी पछुताउनुपर्ने हुन्छ त्यसैले बेला नवित्दै यस बारेमा ध्यान दिन आग्रह गर्दछु     

(श्रीधर पौडेलले कलाकार गजुरेलसँग गरेको कुराकानीमा आधारित गजुरेलसँगको यो कुराकानीको  केहि अंश हरेक शनिवार देशका मुख्य २२ वटा स्थानीय रेडियोबाट प्रशारण हुने रेडियो कार्यक्रम सुनौलो मौकामा गत शनिवार प्रशारण भएको हो )       

यो पनि पढ्नुहोस् विदेशमा दुःख, अप्ठ्यारो परेका नेपालीको अभिभावक राज्य हुन्छः श्रम मन्त्री विष्ट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय