
काठमाडौं, चैत्र १८-
युएईमा रोजगारीका लागि जान चाहने नेपालीका लागि अव प्रहरी रिपोर्ट नचाहिने भएको छ। युएईले असल व्यवहारको प्रहरी रिपोर्ट बुझाउनु पर्ने व्यवस्था स्थगित गरेको गल्फन्यूजले समाचार लेखेको छ ।
युएईको मानव संशाधन मन्त्रालयले अप्रिल १ तारिख(आइतवार) यो जानकारी गराएको समाचारमा जनाइएको छ । अर्को सुचना जारी नभएसम्मका लागि यो व्यवस्था स्थगित गरिएको मन्त्रालयले ट्वीटर मार्फत जानकारी गराएको हो । गत फेब्रुअरी ४ देखि युएईले प्रहरी रिपोर्ट अनिवार्य गरेपछि नेपालीका लागि ४ हजार ३ सय खर्च बृद्धि भएसँगै घण्टौं लाममा लागेर रिपोर्ट प्रमाणिकरण गराउनुपर्ने बाध्यता थियो ।
यो पनि पढ्नुहोस् प्रेम राई बचाउ अभियानमा संकलन भयो ६० लाख, थप ३५ लाखका लागि अभियान जारी