एनआरएनए एनसीसी कतारले युवा शसक्तिकरण तथा जागरुकता कार्यशाला गर्ने

दोहा, चैत्र १७-

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार तथा युवा विभाग एनसीसी कतारको आयोजनामा अप्रिल २०१८ का दिन युवा शसक्तिकरण तथा जागरुकता सेमिनारको आयोजना हुने भएको

एनसिसि कतारको ईतिहासमा नै पहिलोपटक युवाहरुलाई मध्यनजर गरि आयोजना गर्न लागिएको सो पहिलो कार्यक्रम भएको जानकारी अध्यक्ष नविन पोखरेलले दिए वार्षिक कार्यक्रम तालिका वमोजिम आयोजना गर्न लागिएको सो कार्यशालामा समाज विकासमा युवाहरुको भूमिका, दोश्रो पुस्तामा एनआरएन हस्तान्तरण लगायतका विषयमा प्रस्तुति तथा छलफल हुने जानकारी युवा संयोजक माया केसीले जनाईन् त्यसका साथै अनुभवी डाक्टरहरुद्धारा युवाहरुलाई चेतनामूलक स्वास्थ्य परामर्श तथा जानकारी पनि सो कार्यशालामा दिइने अध्यक्ष पोखरेलले जानकारी दिए

एनसिसि कतारको युवा विभागसँग समन्वय गर्दै सो कार्यशालालाई संयोजन तथा सहजिकरण गर्दै आएका आईसिसि सदस्य कुमार कार्की एनसिसि महासचिव वुधवल गुरुङ्गले जनाए अनुसार वैदेशिक रोजगारमा रहेका युवाहरुले कसरी समाजको विकासमा योगदान पुर्याउन सक्छन्, एनआरएनए प्रति युवा तथा दोश्रोपुस्ताको चासो कसरी वढाउन सकिन्छ लगायतका विषयमा अनुभवी एनआरएनए अभियन्ताहले सहजिकरण गर्नेछन्

आईसिसि सदस्य कुमार कार्कीले एनसिसिको निर्वाचन ताका गरिएका प्रतिवद्धता वमोजिम युवाहरुलाई जिम्मेवार, नेतृत्वदायी, उद्यमशिल वनाउनका लागि यो कार्यशाला आयोजना गरिएको वताए एनसिसि युवा संयोजक माया केसीका अनुसार प्रतिवद्धताहरु पुरा गर्न एनसिसि आईसिसिले मिलेर काम गर्न सक्दा मात्र गरिएका प्रतिवद्दता पुरा हुने साथै कार्यक्रमहरु फलदायि हुने धारणा राखिन्

सो कार्यशालामा सहभागि हुनका लागि निःशुल्क दर्ता शुरु गरि सकिएको साथै सहभागि हुनु पुर्व दर्ता अनिवार्य रहेको जानकारी दिईएको समाजका जुनसुकै क्षेत्रमा कार्यरत युवाहरुले सो कार्यशालामा सहभागिता जनाउन सक्नेछन् कार्यशालाले युवाहरुका लागि उपलव्धिमुलक हुने प्रतिवद्दता तथा कार्यहरुको मार्ग चित्र तयार गरि सोहि वमोजिम आगामी दिनका कार्यक्रम गर्ने अपेक्षा गरिएको

यो पनि पढ्नुहोस् जसलाई कतार, कुवेत साउदीले स्वदेशमा नै गरिखान सिकायो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय