स्थानीय तहले बैदेशिक रोजगारको विषयमा काम गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

 

कावासोती, चैत्र १५-

जिल्ला तथा स्थानीय तहका सरोकारवालाहरुसंग सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नवलपुर क्षेत्रमा वैदेशिक रोजगारीको अवस्था, समस्या अवका दिनमा स्थानीय तहसंग सहकार्य गर्दै अगाडी बढ्ने विषयमा कार्यक्रममा छलफल भएको थियो

जिल्ला समन्वय समिति नवलपरासी (वर्दघाटसुस्ता पूर्व) सामी हेल्भेटासको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा वैदेशिक रोजगारीको विषय हाल नवलपुर क्षेत्रको प्रमुख विषय रहेकाले यसमा हुने ठगी न्युनिकरण गर्न जनचेतनाको कार्यक्रम आवश्यक रहेको बताउदैं जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका अध्यक्ष चेसराम आलेले विषय गम्भीर भएकाले यस विषयमा नगरपालिका गाउँपालिकाले प्राथमितामा राखेर काम गर्नुपर्ने बताए

कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आफ्नो नगरपालिका गाउँपालिकाले बजेट विनियोजन गरी वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले वैदेशिक रोजगारीको समस्या हाल आएर बढिरहेको देखिएकाले सो समस्या न्युनीकरण गर्न यसलाई व्यवस्थित गर्न आफ्नो तर्फबाट सम्पुर्ण सहयोग रहने बताए  

यसैगरी कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीयाले वैदेशिक रोजगारी धेरै युवाहरुको विषय भएकाले उनीहरुलाई सुरक्षित गर्ने सवालमा काम गर्न नगरपालिका तयार रहेको बताए   हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वैदेशिक रोजगारीको विषय हालको प्रमुख विषय रहेकाले यस विषयमा सहकार्य गर्दै युवाहरुलाई सुरक्षित गर्न आफुहरु तयार रहेको प्रतिवद्धता जनाए

कार्यक्रममा सामी हेल्भेटासका वरिष्ठ कार्यक्रम अधिकृत रोनी प्रधानले वैदेशिक रोजगारीको विषयमा संविधानमा समेटिएको विषय परियोजनाको आगामी चरणमा कार्यक्रम कसरी अगाडी बढाउने भन्ने विषयमा काठमाडौमा सरकार सामीबीच भएको योजनाका बारेमा जानकारी गराइन् जिल्ला परियोजना संयोजक उमाकला शर्माले हालसम्म सामी परियोजनाले गरेको काम उपलब्धी तथा चुनौतिका विषयमा जानकारी गराइन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय