
राजा बगर, दुबई, चैत्र १५-
दुई महिना अगाडि आत्महत्या गरेका पाल्पा बगनकाली ३ का भीमसेन दमाईको शव भोली फर्किने भएको छ । १३ बर्ष देखि युएईको सारजाह स्थित प्लाटिन ३ एलटिडि साफ जोन कम्पनिमा सुपरभाइजरका रुपमा कार्यरत दमाई दुई महिना अगाडि नेपाल फर्कन एयरपोर्ट पुगेका थिए। बोडिड पास समेत लिएका उनी जहाज नचढि सरासर फर्केर आफू बसेको ठाउँको शौचालयमा पुगेर आत्महत्या गरेको थिए । उनको कोठा र बिमानस्थल करिब दश मिनटको दुरिमा थियो।
भीमसेनले नेपाल आउने भनेर परिवारलाई खबर पनि गरेका थिए । उनलाई नेपालको बिमानस्थलमा लिन श्रीमति, छोरा र जेठान कुरेर बसेका थिए।
उनी जहाज नचढेपछि बिमानस्थलमा कुरेर बसेका छोरालाई केहि कागजपत्र नमिलेर घर आउन नपाएको र केहि दिनमा आउने जानकारि पनि उनले गराएका थिए।
नेपाल नफर्केपछि उनी राति १२ बजेतिर आफ्नौ क्याम्पभित्र छिरेको चौकिदारले बताएका थिए । किन फर्कनु भयो भनेर चौकिदारले प्रश्न गर्दा उडान रद्द भएके र भोलीपल्ट नेपाल जाने जवाफ दिएका थिए।
कम्पनिबाट सम्पुर्ण हिसाब किताब लिएर घर फर्केका दमाई पुनः कम्पनिको क्याम्पमा आएर आत्महत्या गरेको कारण कम्पनिले आफु ज़िम्मेवार नरहेको बताएको थियो । दुताबास र युएईमा अवस्थित पाल्पाली समाजले युएईले शव नेपाल पठाउन दुई महिना देखि दिनरात पहल गरेको पाल्पाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिए। उनको शव स्याड्जा निवासी केशव पाण्डेले लिएर नेपाल फर्किंदैछन् ।
यो पनि पढ्नुहोस् चार दाजुभाई मध्ये तीन जनाको विदेशमा मृत्यु