चार दाजुभाई मध्ये तीन जनाको विदेशमा मृत्यु

 

काठमाडौं, चैत्र १४-

म्याग्दीको मालिका गाउँपालिकाका धर्मलाल रोकाको मलेसियामा ज्यान गएको छ । ४ वर्ष पहिले रोजगारीका लागि मलेसिया पुगेका धर्मलालको गत आइतबार काम गरिरहेको अवस्थामा हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।

उनका दुई जना दाइको पनि विदेशमै ज्यान गएको थियो । जेठा दाई टमबहादुरको १० वर्ष पहिले मलेसियामा र माइला भक्तबहादुर रोकाको पनि १२ वर्ष पहिले कतारमा ज्यान गएको थियो । उनीहरुको पनि सुतेकै अवस्थामा ज्यान गएको मृतकका साइला दाइ थमबहादुर रोकाले बताए । धर्मलालको शव बुधबार नेपाल ल्याइएको छ ।

साइला थमबहादुर पनि रोजगारीका लागि मलेसियामै थिए । उनी एक हप्ता पहिले मात्रै घर फर्किएका हुन् । तर थमबहादुर घर फर्किएको एक हप्ता पनि बित्न नपाउँदै भाइको शव लिन काठमाडौं आउनु प¥यो ।

यो पनि पढ्नुहोस् प्रदेश सरकारको योजनामा पर्यो बैदेशिक रोजगारको विषय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय