फेरी बढ्यो रिंगिटको मूल्य, आज कति छ रियाल, दिराम र दिनारको भाउ ?

काठमाडौं, चैत्र १४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ८९ पैसा छ । रिंगिटको मूल्य दुई बर्षयताकै यो धेरै हो । केहि दिन स्थीर रहेको रिंगिटको मूल्य पुन बढेको हो ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ४७ पैसा र विक्रि दर २८ रुपैंयाँ ६४ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ६४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८० पैसा छ ।

कुवेती दिनारको खरिददर ३४६ रुपैंया ३७ पैसा छ भनें विक्रि दर ३४८ रुपैंयाँ ३७ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ९४ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ५४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् प्रदेश सरकारको योजनामा पर्यो बैदेशिक रोजगारको विषय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय