खारेज भयो ३ सय ९२ एजेण्टको लाइसेन्स(सूची सहित)

काठमाडौं, चैत्र १३-

बैदेशिक रोजगारमा जाने कामदारलाई सम्वन्धित म्यानपावर कम्पनीसम्म समन्वय गराइदिने अनुमति पाएका ३ सय ९२ जना एजेण्टको लाइसेन्स खारेज भएको छ । उनीहरुलाई प्रदान गरिएको लाइसेन्स खारेज भएको बैदेशिक रोजगार विभागले जनाएको छ ।

सम्वन्धित म्यानपावर कम्पनीको सिफारिसमा प्रदान गरिएको सो लाइसेन्स उनीहरुलाई सो म्यानपावर कम्पनीले आफ्नो एजेण्ट नरहने व्यवस्था मिलाइदिन गरेको अनुरोध अनुरुप खारेज गरिएको हो । बैदेशिक रोजगार ऐन, २०६४ ले निश्चित कुनै दर्तावाल म्यानपावर कम्पनीको सिफारिसमा सो म्यानपावर कम्पनीका लागि मात्र काम गर्न पाउने गरी एजेण्टलाई लाइसेन्स दिने व्यवस्था गरेको छ । विभागका महानिर्देशक भुवन प्रसाद आचार्यले लाइसेन्स रद्ध भएका एजेण्ट मार्फत कुनै पनि काम नगर्न बैदेशिक रोजगारमा जान चाहनेहरुलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् साउदीबाट उद्धार गरिदिन अपिल

खारेज एजेण्ट सूची हेर्न यहाँ क्लीक गर्नुहोस् 

https://drive.google.com/file/d/1vuAKDyPbfRisbIFFEP6Ru6QP1Ysquzcn/preview

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय