नेपाल उत्रिएपछि हराएका गोविन्द एक महिनादेखि बेखवर

काठमाडौं, चैत्र १०-

नवलपुर, मध्यविन्दु नगरपालिका वडा नं १५ प्रसौनीका गोविन्द घिमिरे(२५ बर्ष), नेपाल उत्रिएपछि सम्पर्कविहिन भएका छन् । उनी कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजमा नेपाल उत्रिएका थिए ।

४ बर्षअघि रोजगारीका लागि कतार गएका उनी तीन बर्षदेखि कमाएको रकम एकमुष्ट बोकेर फर्किंएको गोविन्दका बाबु मोनीलाल घिमिरेले बताए । बाबु मोनीलालले छोराले रकम नेपाल नपठाइ एकैपटक बोकेर आउँदा समस्यामा परेको हुन सक्ने अनुमान गरे । उनलाई साथिहरुले नै अपहरण गरेको हुनसक्ने आशंका गर्दै परिवारले प्रहरीमा निवेदन दिएका छन् ।

उनी नेपाल उत्रिएर पनि घर नपुगेपछि परिवारले खोजिका लागि अरुणखोला र चोरमारा प्रहरी चौकीमा खोजिका लागि निवेदन दिएका छन् । तर त्यहाँबाट खासै कुनै उपलव्धी नभएपछि परिवारले काठमाडौं आएर गौशालामा प्रहरीलाई निवेदन दिएका थिए । सोही निवेदनका आधारमा विमानस्थलमा सिसिटीभि फुटेज हेर्दा गोविन्द अन्य केहि साथिसँगै ठूलो लगेज सहित विमानस्थलमा प्रवेश गरेको देखिएको छ । मोनीलालले उनीसँगै आएका सोही कम्पनीमा काम गर्ने सर्लाहीका एक साथि मार्फत जानकारी लिन सकिने भन्दै अहिले राजनीतिक दलका नेताहरुसँग हारगुहार माग्न पुगेका छन् ।

अरुणखोेला क्षेत्रका साँसद तिलक महतले उनका बारेमा बुझ्न आफूले पनि प्रयास गरिरहेका बताएका छन् । उनले आइतवार आफू काठमाडौं आएर घिमिरेको खोजिका लागि प्रहरी मार्फत प्रयास गर्ने जानकारी दिए ।

यो पनि पढ्नुुहोस् आमाको विलौनाः मलेसिया गएको छोरोले हामीलाई विर्सियो की ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय