
काठमाडौं, चैत्र ८-
श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगार विभागमा दरवन्दी भन्दा बढी भएर रहेका वा सरुवा भएर पनि अन्यत्र जान नमानेका कर्मचारीको हाजिर रोक्न निर्देशन दिएका छन् । उनले विभागलाई आज(विहिवार) निर्देशन दिंदै दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई हाजिर नगराउन निर्देशन दिएका हुन् । यस बारेमा विहिवार नै नयाँ पत्रिकाले समाचार लेखेको थियो ।
मन्त्री निकट श्रोतका अनुसार उनले विभागको ताहचल कार्यालयमा दरबन्दीभन्दा बढी रहेका १६ जना कर्मचारीलाई हाजिर नगराउन निर्देशन दिए । पहुँचका आधारमा कमाउ ठाउँबाट बाहिर जान अटेरी गरेको भन्दै समाचार सार्वजनिक भएकै दिन मन्त्री विष्टले उनीहरुको हाजिर रोक्का गरेका हुन् ।
खटाइएको ठाउँमा नगएका कर्मचारीहरू
१ लोकेन्द्रबहादुर रावल – नायब सुब्बा
२ कुमारबहादुर कटवाल – नायब सुब्बा
३ रवीन्द्र घिमिरे – नायब सुब्बा
४ राजन घिमिरे – नायब सुब्बा
५ गौरीकुमारी कार्की – नायब सुब्बा
६ लक्ष्मण गुरागाईं – नायब सुब्बा
७ केदार घिमिरे – नायब सुब्बा
८ यज्ञप्रसाद आचार्य – नायब सुब्बा
९ यज्ञबहादुर ओली – नायब सुब्बा
१० विद्याप्रसाद जैसी – नायब सुब्बा
११ सुमन पौडेल – नायब सुब्बा
१२ सधुकर डाँगी – नायब सुब्बा
१३ डम्बरबहादुर विश्वकर्मा – कम्प्युटर अधिकृत
१४ भवानी थपलिया – कम्प्युटर अधिकृत
१५ रञ्जु दाहाल – कार्यालय सहयोगी
१६ तुलसीमान मर्हजन – कार्यालय सहयोगी