
काठमाडौं, चैत्र ८-
मलेसियामा दुईजना आफ्नै सहकर्मीले आक्रमण गरेर एक नेपालीलाई गम्भीर घाइते बनाएका छन् । उनको टाउको र शरिरमा ठूलो चोट लागेको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।
उत्तरी सेवराङ पारीका प्रहरी प्रमुख नुरजानी मोहम्मद नूरका अनुसार उनलाई सहकर्मीले सँगै बस्ने होष्टमा कुटपीट गरेका हुन् । घटनास्थलका प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले सम्भवतः रक्सी खाएका उनीहरु बीच झगडा भएको र ति २२ बर्षिय व्यक्तिलाई अन्य दुईजनाले निर्घात कुटपीट गरेको बताएका छन् । घटना बुधवार राती १०ः ४५ बजेतिर भएको हो ।
घाइतेको उपचार सेवराङजया अस्पतालमा भइरहेको छ । आक्रमण गर्ने दुईजनालाई प्रहरीले पक्रेर थुनेको छ । पक्राउ परेका ति दुवै नेपाली गैरकानूनी रुपमा बसेर काम गरिरहेको भेटिएको हुँदा उनीहरुलाई थप कारवाही हुने प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस् मन्त्रीको निर्देशन पछि बैदेशिक रोजगार विभागमा सुरु भयो दैनिक उजुरी र सुनुवाई