मन्त्रीको निर्देशन पछि बैदेशिक रोजगार विभागमा सुरु भयो दैनिक उजुरी र सुनुवाई

काठमाडौं, चैत्र ८-

बैदेशिक रोजगार विभागले अव दैनिक रुपमा उजुरी दिन आव्हान गरेको छ । यसअघि  हप्ताको एकदिन मात्र उजुरीको सुनुवाई गर्दै आएको विभागले हप्ताको एक दिन मात्र उजुरी सुनुवाई गर्ने गरेका कारण समस्या हुँदै आएको थियो ।

विभागको सो व्यवस्थाका कारण पीडितले झन दुःख पाएको गुनासोका बीच श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले दैनिक रुपमा गुनासो दर्ता र सुनुवाई गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि विभागले सोही अनुरुप दैनिक रुपमा उजुरी दिन सकिने भन्दै सुचित गरेको छ ।

 

नयाँ व्यवस्था अनुसार विभागमा दर्ता भएका गुनासोका बारेमा दैनिक रुपमा ११ बजेदेखि २ बजेसम्म सुनुवाई थालिएको छ । यसैगरी बुधवार विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वपक्षिय छलफल आयोजना गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । बुधवार बाहेक पनि आवश्यक परेमा विभागले बोलाएमा कार्यालयमा आएर अनुसन्धानमा सघाउन सम्वन्धित मेनपावर कम्पनी तथा बैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि पठाउन विभागले आग्रह गरेको हो । यसले बैदेशिक रोजगार विभागमा न्याय सम्पादनमा हुँदै आएको ढिलासुस्ती कम हुने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस् कतारबाट नेपालमा पर्यटक भित्रियाउने लक्ष्य सहित काम सुरु

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय