ह्रदयघात भएर युएईमा एक नेपालीको मृत्यु

राजा बगर, दुबई, चैत्र ८-

युएईको सारजाहमा कार्यरत एक नेपालीको ह्रदयघातका कारण मृत्यु भएको छ । नवलपरासी अग्सौलि घर भएका ४० बर्षिय राम बहादुर क्षेत्रीको मृत्यु भएको हो । उनी बिगत ११ बर्ष देखि लुलु सुपर मार्केटको सेल्समेनका रुपमा कार्यरत थिए।

राति खाना खाएर सकुशल सुतेका क्षेत्री बिहान नाईट ड्युटि सकेर साथिहरु कोठामा आउँदा सुतिरहेकै थिए । उनलाई बोलाउदा नबोलेपछि साथिहरुले प्रहरीलाई फोन गरेका थिए । निकै सरल र मेहनती स्वभावका उनको हृदयघातका कारण मृत्यु भएको र शव सारजाह स्थित कुबेती हस्पिटलमा लगेको र अन्य अनुसन्धान को लागि अन्यत्र रिफर गरिएको बताइएको छ । शवलाई छिट्टै नेपाल पठाउने प्रयास भइरहेको पाल्पाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिएका छन्। अर्याल पनि क्षेत्रीले नै काम गर्ने लुलु सुपर मार्केटमा कार्यरत छन।

यो पनि पढ्नुहोस् सर्वोच्च अदालतको आदेशः विदेशमा बस्ने नेपालीको मतदानको अधिकार सुनिश्चित गर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय