स्वदेशमा रोजगारी सरकारको प्राथमिकताः मन्त्री विष्ट

 

काठमाडौं, चैत्र

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवशर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताएका छन् उनले यसका लागि सरकार, रोजगारदाता ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताए मन्त्र िविष्टले श्रम क्षेत्रमा गर्नुपर्ने सुधार तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सवैको सल्लाह लिएर उचित निर्णय गर्ने जानकारी दिए

मन्त्री विष्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन तथा श्रम क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझाव दिन गएको नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का पदाधिकारी तथा प्रतिनिधिहरुको टोलीसँग उनले यस्तो बताएका हुन् भेटघाटमा जिफन्टका तर्फबाट श्रम ऐन वमोजिम तत्काल गर्नु पर्ने कामहरु, सामाजिक सुरक्षा अन्तरगत तत्काल गर्नु पर्ने काम, अन्य कानूनी व्यवस्थामा गर्नु पर्ने सुधारहरु, संस्थागत विकास सम्वन्धमा थप सुझावहरु रोजगारी सिर्जनाका सम्वन्धमा सुझावहरु दिइएको थियो

जिफन्टका सचिव रमेश बडालले  श्रम ऐन वमोजिम केन्द्रिय श्रम सल्लाहकार समिति गठन गर्न तथा हाल कानून मन्त्रालयमा पुगेको श्रम नियमावली छिटो पारित गर्न आग्रह गरे यसैगरी स्थाई न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गर्न वैशाख गतेदेखि काम शुरु गरी असार मसान्त भित्र घोषणा गर्न सुझाव दिए नयाँ दर श्रावण बाट लागु हुने व्यवस्था मिलाउन पनि बडालले आग्रह गरे श्रम मध्यस्थता ट्राईव्युनल गठन गर्न, कार्यस्थलमा व्यवसायजन्य सुरक्षा स्वास्थ्य निती वनाउन पनि जिफन्टले श्रम तथा रोजगार मन्त्री विष्टलाई सुझाव दिएको

योगदान आधारित सामाजिक सुरक्षा ऐन आए पनि नियमावली तयार नभएको भन्दै जिफन्टले नियमावली तुरुन्त तयार गरि यस अन्तरगतको सुरक्षा योजना अर्थात स्कीमहरु तयार गर्नु पर्ने  मन्त्री विष्टलाई अवगत गराएको  

सामाजिक सुरक्षा कोषलाई निजामती कर्मचारीवाट नभई विज्ञ मार्फत नेतृत्व गर्न कार्यकारी निर्देशक, निर्देशकहरु केहि कर्मचारी तुरुन्त नियुक्ति गर्न आवश्यक रहेको भन्दै प्रत्येक प्रदेशमा सामाजिक सुरक्षा कार्यलय स्थापना सञ्चालन तत्काल गर्न आवश्यक रहेको पनि सचिव बडालले जानकारी गराए श्रमिक दर्ता गरी राष्ट्रिय परिचयपत्रसंग जोडेर वा तत्काल आफ्नौ सामाजिक सुरक्षामा रोजगारदाता श्रमिक दर्ता हुने प्रणाली ऐन वमोजिम सुरु गर्नु आवश्यक रहेको उनको भनाई थियो

यो पनि पढ्नुहोस् अव एक भन्दा बढी ‘स्पोन्सर’सँग  ‘पार्ट टाइम’ काम गर्न पाइने, यस्तो प्रकृया

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय