बैदेशिक रोजगारका नाममा ठग्ने कसैलाई छोडिन्नः श्रम तथा रोजगार मन्त्री विष्ट

  

काठमाडौं, चैत्र ५-

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारको ठगि रोक्न अन्तर मन्त्रालय समन्वयलाई बलियो बनाउन थालेका छन् । उनले ठगि नियन्त्रण र विदेशबाट पीडितको उद्धारमा सहकार्यका लागि श्रम तथा रोजगार मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय बीचको सहकार्यलाई जोड दिएका हुन् ।

उनले बैदेशिक रोजगारको विषय केवल आफ्नो मन्त्रालयसँग मात्र जोडिएको नभइ यसमा तीनवटा मन्त्रालयले मिलेर काम गर्नुपर्ने बताए । यसका लागि गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सम्वाद थालेका हुन् ।

“म यहाँ लाखौं व्यक्तिलाई सहजता दिने जिम्मेवारीका साथ आएको छु” मन्त्री विष्टले भने “त्यसका लागि स्वदेशमा हुने ठगि र मानव तस्करी रोक्न गृह मन्त्रालय र विदेशमा आइपर्ने समस्या ‘ह्याण्डल’ गर्न परराष्ट्र मन्त्रालयको सहयोग आवश्यक पर्छ । मैले यस बारेमा गृह र परराष्ट मन्त्रीहरुसँग कुराकानी सुरु गरिसकेको छु ।” 

उनले कुनै पार्टी वा कुनै क्षेत्र वा नातासम्वन्धको आडमा कसैले कसैलाई ठग्न नपाउने बताए । “चाहे मेरो व्यक्तिगत सम्वन्धको मान्छे होस् वा मेरो पार्टीकै होस्, कसैले कसैलाई बैदेशिक रोजगारका नाममा ठग्ने काम गरेको फेला पारेमा तत्काल कारवाही हुनेछ” मन्त्री विष्टले भने ।

उनले बैदेशिक रोजगारमा धेरै नेपाली जाने जिल्लाहरुलाई लक्षित गरेर प्रदेश केन्द्रीत कार्यालयहरु स्थापना गरेपछि श्रम गर्न जाने नेपालीलाई श्रम स्वीकृति लिन केहि सहजता हुने भन्दै यो कार्य चाँडै हुने जानकारी दिए ।  

मन्त्री विष्टले बैदेशिक रोजगारीलाई व्यवस्थीत गर्नेसँग सँगै स्वदेशमा रोजगारी बृद्धि आफ्नो प्राथमिकताको विषय भएको बताए । यसका लागि गृहकार्य सुरु भएको भन्दै मन्त्री विष्टले केहि समयपछि यसलाई ठोस रुपमा अगाडी बढाउने बताए ।

यो पनि पढ्नुहोस् श्रम मन्त्री विष्टसँग परदेशबाट अपेक्षा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय