कावासोती, चैत्र ३-
बैदेशिक रोजगार सम्वन्धि गहन अभिमुखीकरण कार्यक्रम कावासोती १ हात्तीखोरमा सम्पन्न भएको छ । ३१ जना युवा सहभागी रहेको सो कार्यक्रममा बैदेशिक रोजगारमा जाँदा ध्यान दिनु पर्ने कुराहरु, सीपको महत्व, स्वदेशमा गर्न सकिने काम, सुचना केन्द्रले गर्ने सेवाहरु लगायतका बिषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा उपस्थीत युवाहरुले आफुहरु बिभिन्न प्रकारको ठगीमा परिरहेको भए पनि कहाँ र कसरी न्याय माग्ने जाने भन्ने जानकारी नपाएको बताउँदै अव बिदेश जाँदा धेरै कुरा बुझेर मात्र जान सबैमा सुचना प्रवाह गर्ने बताए ।
बिदेश जाँदा सीप सिकेर जान पर्ने जानकारी भए पनि सामी परियोजनाले उपलब्ध गराएको निःशुल्क सीपका बारेमा आफुलाई जानकारी नभएको भन्दै अवका दिनमा बिना सीप आफ्नो गाउँबाट बिदेश जान लागेका युवालाई पनि सीप सिकेर जान प्रोत्साहित गर्ने उनीहरुको भनाई थियो ।
सो कार्यक्रम हिमालयन सामुदायिक बिकाश मञ्च (हिकोडेफ) र सामी हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालले आयोजना गरेका हुन् ।
यो पनि पढ्नुहोस् बैदेशिक रोजगारका नाममा अवैध काम गर्ने अर्को गिरोह पक्रियो प्रहरीले