
काठमाडौं, चैत्र २-
श्रम तथा रोजगार मन्त्रीमा नेकपा एमालेले गोकर्ण विष्टलाई अगाडी सारेको छ । उनी नेकपा एमालेका सचिव हुन् । यसअघि उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सुधारात्मक कार्य गरेका विष्टलाई यसअघि निक्कै कम महत्व दिइने गरेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि महिला बालबालिका मन्त्रालय र श्रम मन्त्रालयलाई एउटैमा गाभिएको भएपनि मन्त्रालयको भगवण्डा मिलाउन आजै सत्तारुढ दलहरुले श्रम मन्त्रालयलाई अलग्गै मन्त्रालय बनाउने सहमति गरेका थिए ।
विष्ट यसअघि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रीमण्डलमा उर्जा मन्त्री थिए । उनको सो कार्यकाल सफल मानिन्छ । सो समयमा उनले सरकारी कार्यालयहरुबाट विजुलीको बक्यौता लाखौं महशुल उठाएर चर्चा कमाएका थिए । गोकर्ण विष्ट, गुल्मी २ बाट विजयी साँसद हुन् ।