
काठमाडौं, चैत्र २-
झण्डै तीन महिनायता उकालो लाग्दै आएको मलेसियन रिंगिटको मूल्य केहि घटेको छ । तीन दिनयता रिंगिटको मूल्य लगातार घट्दै आएको छ । २७ रुपैंयाँ नजिक पुगेको रिंगिट घट्नु मलेसियामा कार्यरत धेरै नेपालीका लागि चिन्ताको विषय हो ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ४३ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ५८ पैसा छ । यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ४५ पैसा र विक्रि दर २८ रुपैंयाँ ६२ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ६२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७८ पैसा छ ।
कुवेती दिनारको खरिददर ३४५ रुपैंया ५५ पैसा छ भनें विक्रि दर ३४७ रुपैंयाँ ५५ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ७५ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ३५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
योे पनि पढ्नुहोस् आमाको विलौनाः मलेसिया गएको छोरोले हामीलाई विर्सियो की ?