छोेरा दुवईमा, बाबु आमा गाउँमा कमाउँदै

मिनप्रसाद आचार्य, खोटाङ, चैत्र १-

खोटाङ मझुवागढी नगरपालिका वडा नं. १ डाडाछापमा बस्छिन् मिना पाण्डे । उनको २ छोरा, १ छोरी श्रीमान गरी जम्मा ५ जनाको परिवार छ । श्रीमान १६ वर्षसम्म वैदेशिक रोजगारीमा विताएर स्वदेश फर्किएका छन् । बाबुको साटो अहिले जेठो छोरो बैदेशिक रोजगारमा छन् । उनी २ वर्षअघि दुवई गएका छन् ।

किसान परिवारमा रमाई रहेकी मिना खेतीपाती गरेर जीवन गुजारा गरीरहेको र १६ वर्ष विदेशमा श्रीमानले कमाएको कमाई छोराछोरी पढाउन, घर खर्च र औषधी उपचारमा नै ठिक्क भएको बताउछिन् ।

तर जव गाउँमै बाल सेवा समाजले सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सञ्चालित वित्तिय साक्षरता कक्षा चलायो, अनी आफ्नो परिवारमै नयाँ जोश र जाँगर भरिएको उनी बताउँछिन् । वित्तिय साक्षरताको कक्षा लिनु अघि खेतीपातीसँगै भैंसी बाख्रा, कुखुरा पालेकी थिइन् उनले । त्यसबाट केहि  आम्दानी त भइरहेको थियो । तर वित्तिय साक्षरताको कक्षामा आम्दानी गरी बचत गर्ने र खर्चको योजना बनाउने र पारिवारिक जीवनस्तर कसरी सुधार्ने भन्ने विषयमा छलफल भए पछि यसले उनलाई नयाँ  बाटो देखाएको छ ।

कक्षामा सहभागि भएपछि  उनले व्यवसायिक रुपमा ब्रोइलर कुखुरा पाल्नु थालेकी छन् । पारिवारिक सल्लाहमा नै सुरु गरेको व्यवसायले अव विदेश गइरहनु नपर्ने अपेक्षा छ परिवारको । बाँसको खोर बनाइ ६० हजार लगानी गरेर व्यवसाय सुरु भएको मिना बताउँछिन् ।

१ सय ६० वटा ब्रोइलर कुखुराबाट सुरु भएको व्यवसायबाट राम्रो आम्दानी हुने अपेक्षा छ पाण्डे परिवारको । छोराले दुवईमा मासिक ३५ हजार कमाइरहेका छन् । यता परिवारमा वार्षिक रुपमा ३ लाख रुपैंया आम्दानी गर्ने लक्ष्यले व्यवसाय सुरु भएको छ । यसका अलावा पाण्डे परिवारले लोकल कुखुरा, भैंसी र बाख्राबाट पनि मासिक ६ हजार आम्दानी गरिरहेको छ । मिना भन्छिन्: यो कक्षा १०/११ वर्ष अगाडीनै लिन पाएको भए जीवनलाई सहज बनाउन मिल्ने रहेछ ।

व्यवसायलाई राम्ररी अगाडी बढाउन श्रीमान श्रीमती दुवै लागि परेका छन् । एक छोरा र  एक छोरी स्कुले भएपनि विहान बेलुका छोराछोरीले पनि काममा सघाउँछन् । कामको वाँडफाँड गरी सवैले सहज रुपमा व्यवसायलाई अगाडी बढाई रहेको मिनाको भनाई छ ।

यो पनि पढ्नुहोस् आमाको विलौनाः मलेसिया गएको छोरोले हामीलाई विर्सियो की ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: