६ महिना काम गर्दा जम्मा तलव ११ सय ३० रियाल !

प्रभातकुमार मिश्र, धनुषा, फागनु २९-

धनुषाका एक व्यक्ति साउदी अरवमा कम्पनीले तलव नदिंदा अप्ठ्यारोमा परेका छन् रोजगारीका लागि महिना अघि ट्रक ड्राइभरको रोजगारीका लागि साउदी पुगेका रामचन्द्र महतो कम्पनीले तलव समेत नदिएपछि समस्यामा परेका हुन् उनी साउदी अरवस्थीत सालेम हादि अल क्वहतनी ट्रान्सपोर्ट कम्पनीमा कार्यरत छन्

धनुषा गणेशमान नगरपालिका बीरेन्द्र बजारका महतोलाई कम्पनीले भने अनुसारको काम दिएपनि महिनामा तलव स्वरुप जम्मा ११ सय ३० रियाल दिएको महतोका आफन्त बिनयकुमार महतोले आफ्ना साढुभाईको उद्धार गरि नेपाल फर्काइदिन आग्रह गर्दै सुरक्षित आप्रवासन परियोजना(सामी) द्धारा जनकपुरमा सञ्चालित सुचना केन्द्रमा निवेदन दिएका छन्

छोराछोरीका बाबु ४० बर्षिय महतो राजधानीस्थीत वल्र्ड लिंक ह्युमन रिसोर्स सोलुसन मार्फत साउदी अरव गएका हुन् उनलाई सो मेनपावर कम्पनीमा सम्पर्क गराउने स्थानीय एजेण्ट लव्ली बुढाथोकीले भनें आफू विरुद्ध उजुरी गरेको भन्दै पीडितको उद्धारमा कुनै सहयोग नगर्ने बताएको बिनयले बताएका छन्

हाल पिसावमा रगत देखिने तथा ढाड दुख्ने समस्याबाट पीडित महतोको कम्पनीले उपचार पनि नगराएको स्वदेश फर्किन पनि नदिएको भन्दै उनको उद्धारका लागि परिवारले सम्वन्धित निकायसँग आग्रह गरेको

यो पनि पढ्नुहोस् एजेण्टको पारिश्रमिक तोक, अनुगमन गर’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: