युएईमा सगरमाथाले छान्यो नयाँ कार्यसमिति

राजा बगर, दुबई, फागुन २९-

सगरमाथा बचत तथा इन्भेस्टमेन्ट कम्पनीको दोस्रो वार्षिक साधारणसभा युएईको अवुधावीमा सम्पन्न भएको छ । सुष्मा सिलवाल केसीले स्वागत गरेकी थिइन् भनें कार्यक्रममा कोषका सल्लाहकार अशोक केसीले कोष स्थापनाकालदेखि आजसम्म कोषलाई तन मन धन दिने सवैलाई धन्यवाद दिंदै भविष्यमा सगरमाथा कोष उदाहरणिय हुने बताए ।

कार्यक्रमका अतिथि राकेश ढकालले कोषको स्थापना कालका सदस्यलाई धन्यवाद दिदै कोषको पूरा काम पारदर्शि भएमा कोषले राम्रो काम गर्ने विचार राखे । 

कोषको प्रतिवेदन  र भाबी योजना अध्यक्ष प्रकाश पराजुली राखेका थिए । यसैगरी कम्पनीले मुस्ताङ ट्राभल्स लिइसकेको पूर्व ट्राभल्स सञ्चालक देव गुरुङले जानकारी दिए ।

साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा प्रकाश पराजुली, उपाध्यक्षमा डम्बर बहादुर गुरुङ, सचिव सरोज खड्का, उपसचिव प्रमोद रेग्मि र कोषाध्यक्ष राकेश श्रेष्ठ, सह कोषाध्यक्ष सुष्मा केसी रहेका छन् । 

सदस्यहरूमा देब कुमार गुरुङ्ग, बिष्णु खनाल, मनिश छिनाल, देबि भुसाल, कपिल सुबेदी, धनराज खड्का र पिताम्बर चापागार्इं रहेका छन् ।

सल्लाहकारहरुमा अशोक केसी, गङ्गा सापकोटा, बिकास अधिकारी, फडिन्द्र ढकाल रहेका छन् ।

यो पनि पढ्नुहोस् ‘एजेण्टको पारिश्रमिक तोक, अनुगमन गर’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय