
रञ्जना लम्साल, फागुन २८-
बैदेशिक रोजगारीको नाममा हुने ठगीलाई न्युनिकरण गर्न स्थानिय तहबाट घर घरमा सुचना पुर्याउने व्यवस्था गरिनुपर्ने स्थानिय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।
हिमालयन सामुदायिक विकाश मञ्च (हिकोडेफ) र सामी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालद्धारा सञ्चालन गरिएको स्थानिय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुसंग वैदेशिक रोजगार सम्वन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाका उपप्रमुख बिष्णु कुमारी कँडेलले गैडाकोट नगरपालिकाबाट वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेको जानकारी पाएको भन्दै यसलाई व्यवस्थीत गर्न आफुहरुले पहल गर्ने वताइन् ।
उनले गैडाकोट नगरपािलकामा बैदेशिक रोजगारीमा गएकाहरुको तथ्याङ्क संकलन गर्न वडा अध्यक्षहरुलाई निर्देशन पनि दिइन् । वैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित वनाउन प्रत्येक वडाबाट तथ्यांक संकलनको काम शुरु गरि उनीहरुको रोजगारीको अध्ययन विश्लेषण गर्ने र ब्यवस्थित बनाउन पहल शुरु गर्ने उनको भनाई थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्यले वैदेशिक रोजगार रहर नभई बाध्यता भएकाले बैदेशिक रोजगारमा जाने युवालाई सीपयुक्त भएर जाने वातावरण सिर्जना गर्न आवश्यक रहेको भन्दै रेमिटान्सको सदुपयोग गर्नका लागि अव ध्यान दिइनुपर्ने वताए ।
नगरपालिकाका प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, नगर शिक्षा अधिकृत, महिला बिकाश अधिकृत सहभागी रहेको कार्यक्रममा सामी परियोजना जिल्ला संयोजक उमाकला शर्मा, हिकोडेफका कार्यकारी निर्देशक शुरविर स्थापित, सामी परियोजना संयोजक रितुराम थापाले सहजीकरण गरेका थिए ।
यो पनि पढ्नुहोस् ‘हामी अलपत्र भयौं, नेपाल फर्काइदेउ’