रिंगिट पुग्ला २७ ? सोमवार यस्तो छ रिंगिट, रियाल, दिराम, दिनारको मूल्य        

काठमाडौं, फागुन २८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ५८ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ७३ पैसा छ । रिंगिटको मूल्य केहि दिनयता पुनः स्थीर छ । केहि दिन स्थीर रहँदै पुनः उकालो लाग्दै आएको रिंगिट अव २७ रुपैंयाँ पुग्ने अपेक्षामा मलेसियामा कार्यरत नेपाली छन् । मलेसियाका सञ्चार माध्यमहरुले पनि रिंगिट अझै पनि अमेरिकी डलर भन्दा बलियो हुने अपेक्षा सहितको समाचार प्रकाशित गरेका छन् ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५५ पैसा र विक्रि दर २८ रुपैंयाँ ७१ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ७२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८८ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४६ रुपैंया ७५ पैसा छ भनें विक्रि दर ३४८ रुपैंयाँ ७५ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २७७ रुपैंयाँ ४२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् ‘हामी अलपत्र भयौं, नेपाल फर्काइदेउ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय