मलेसियामा कार्यरत नेपालीको सल्लाहः मलेसियाको बाटो हेर्नु, सिष्टम सिक्नु

क्वालालम्पुर, फागुन २७-

ईण्डोनेशियाको बाली पुगेर फर्किने क्रममा मलेसियामा नेपालीसँग भेटघाटमा रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई त्यहाँ कार्यरत नेपालीले मलेसियाबाट नयाँ कुरा सिक्न आग्रह गरेका छन् नेपालीसँगको अन्तरक्रियाका क्रममा भट्टराईलाई नेपालीले विभिन्न सुझाव दिए

भट्टराईको सम्वोधन सुनिरहेका दिपेन्द्र आलेले उनलाई मलेसियाको बाटो हेरेर नै यहाँको समृद्धि आँकलन गर्न सकिने बताए उनले मलेसियाको सिष्टम सिकेर जान पनि सुझाव दिए सुरेश बहादुर खडायतले विकास गर्ने मान्छेले विकास गरेर हेर्ने तर नेपालका नेताजति चाहिं विकास गरेको हेर्दै हिड्ने गरेको गुनासो गरे

कृष्ण देवानले चाहिं नेपाली नेताहरुले विश्व भ्रमण गर्ने, त्यहाँका नयाँ कुरा सिकेर आफू परिवर्तन हुने तर मुलुक आम नेपालीको जीवनमा कुनै परिवर्तन नगर्ने गरेको भन्दै गुनासो गरे उनले मुलुक नागरिकको लागि कहिले सोच्ने भन्ने जिज्ञासा राखे

एनआरएनए, मलेसियाले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफू मलेसियामा कसरी विकास भयो नेपाल किन पछि पर्यो भन्ने अध्ययन गर्न मलेसियामा धेरैसँग छलफलमा रहेको बताए उनले झण्डै लाख नेपाली कार्यरत मुलुकमा कार्यरत नेपालीले पनि मलेसियाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए

एनले हाम्रै जीवनकालमा परिवर्तन सम्भव भन्दै यसको उदाहरण मलेसिया नै भएको धारणा राखे उनले सपना देख्न छोड्नु नहुने भन्दै यसले समृद्धि तर्फ लैजाने धारणा राखे उनले जवसम्म देश गरिव हुन्छ, त्यतिबेलासम्म ईज्जत प्राप्त गर्न सकिन्न भन्दै समृद्धि प्राप्ती नै पहिलो एजेण्डा हुनुपर्ने बताए समृद्धि प्राप्त नभएसम्म जुनसुकै मुलुकमा पुगेपनि ईज्जत प्राप्त गर्न सकिन्न भन्दै यसका लागि सवै जुट्न आवश्यक रहेको धारणा राखे

श्रम बेच्न विदेशमा जाने प्रचलन संसारभर रहेको भन्दै भट्टराईले कसैले पनि बैदेशिक रोजगारमा आउनु परेकोमा हिनतावोध गर्न आवश्यक नरहेको बताए यो प्रचलन भोलीका दिनमा पनि जारी रहने भन्दै अवशरको खोजिमा सवै लाग्ने बताए  दैनिक रुपमा एकजना नेपालीको मलेसियामा ज्यान गइरहेको भन्दै त्यसलाई कम गर्न के गर्नुपर्छ, त्यसका लागि हामीले गर्नुपर्ने कामका लागि आफूले प्रयत्न गर्ने भट्टराईले बताए ।

उनले नेपालमा विदेशी लगानी नभई नहुने भन्दै त्यसका लागि मलेसियाका लगानीकर्तालाई उत्प्रेरित गर्न आवश्यक रहेको धारणा राखे । यसले भोली नेपालमा नै रोजगारीको अवशर सिर्जना हुने धारणा राखे । यसले हालको श्रम निर्यातको अवस्था अन्त्य भई बस्तु निर्यात गर्न सकिने भट्टराईको भनाई थियो । उनले राजनीतिकर्मीहरु सुझाव दिन आग्रह गर्दै मलेसिया कार्यरत बहुसंख्यक नेपालीसँग आफूले भेट्न खोजिरहेको बताए । 

यो पनि पढ्नुहोस् हामी अलपत्र भयौं, नेपाल फर्काइदेउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय