तिलोचन गौतम, मलेसिया, फागुन २५-
मलेसियाको बुकितबिन्ताङ भन्ने ठाउँमा बेवारिसे अवस्थामा भेटिएका नवलपरासीका चिन्तामणि थनेत (थारु) लाई सकुशल नेपाल फिर्ता गराइएको छ ।
प्रवासी थारु सेवा समाज मलेसियाका रमेश चौधरीले उनलाई बेवारिसे अवस्थामा फेला पारेपछि मलेसिया स्थित नेपाली राजदुतावास पुर्याएका थिए । दूतावास लगाएत मलेसियामै रहेर श्रमिकको हक हितका निमित्त लागि परेका समाजसेवि एनआरएन मलेसियाका महासचिव सुन्दर आले मगर लगायतको सक्रियतामा अस्पतालमा केहि दिन उपचार गराइएका उनलाई पुनः दूतावाससँगको समन्वयमा प्रबासी थारु सेवा समाज मलेसियाले स्थानीय अस्पतालमा उपचार गराएको थियो ।
उपचार पश्चात केहि निको भएका उनलाई नेपाल पठाउन विमानस्थल पुर्याइएपनि उनी पूर्ण रुपमा ठिक भएको प्रमाणपत्र चाहिने भन्दै नेपाल एयरलाइन्सले उडान अनुमति दिन अस्वीकार गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाका अध्यक्ष पिटि शेर्पा, महासंघ मलेसियाका उपाध्यक्ष तथा संचार बिभाग प्रमुख, प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक संरक्षक आरएन चौधरी थारु, जीवराज महतो लगायतको सक्रियतामा पुनः उनलाई तामान देशा मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँबाट आवश्यक उपचार गरि उनी नेपाल फर्किन सक्ने स्वास्थ्य प्रमाणपत्र प्रदान भएपछि थनेतलाई नेपाल फर्काइएको हो ।
नेपालबाट उनका आफन्तले १८०० मलेसियन रिंगेट आर्थिक सहयोग पठाएका थिए र यहाँ मलेसिया स्थित हारपासेले पनि लगभग मलेसियन रिङ्गिट आर एम ६७८ जति बेहोरेको र अरु बाकी खर्च प्रबासी थारु सेवा समाज मलेसियाले गरेको थियो ।
नेपाल फर्काइएका उनको स्वास्थ्य अझै सामान्य नभईसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट चिन्तामणिकी दिदि बिन्दु थनेतले उनलाई अस्पताल लगेको जानकारी प्राप्त गरेको महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पाले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस् मलेसियामा लेभी काट्ने कम्पनीले थप कामदार ल्याउन नपाउने
