‘उपचार नपाइ परदेशमै मर्ने भएँ’

तिलोचन गौतम, मलेसिया, फागुन २४- 

रोजगारीका क्रममा मलेसिया आउनु अघिसम्म वैतडी शिवनाथका वीरसिंह सुतारलाई मलेसियाको कमाइले घरवार चलाउने र छोराछोरीलाई राम्रो पढाउने धोको थियो । त्यहि सपना देखेर महाराजगञ्जस्थीत क्रस नेपाल ओभरसिज पुगेका उनलाई सो मेनपावर कम्पनीले मलेसियाको प्रतिष्ठीत टप ग्लोव कम्पनीमा राम्रो काम र दाम हुने आश्वासन दियो । 

क्तस म्यानपावरमा काम गर्ने पदम महराले उनलाई १ लाख २० हजार रुपैंया तिरे मलेसिया जान सक्ने वताए । मलेसियाको सेलेङ्गर राज्यको टप ग्लोव कम्पनीमा काम गरे मासिक ७० हजार रुपैंया भन्दा धेरै कमाइ हुने आश्वसन पाएका सुतार सो रकम तिरेर २ छोरा र १ छोरीको भविष्य वनाउन ९ महिना अघि मलेसिया आए । तर अहिले आफू वेक्कारमा मलेसिया आएँछु भन्ने लागेको छ उनलाई ।  

मलेसियामा रोजगारीका लागि आएका उनलाई एक महिना अघि देखी खुट्टामा समस्या देखियो । निरन्तर उभिएर गर्नुपर्ने कामले खुट्टामा समस्या आएको भन्दै उनले  कम्पनीमा त्यसको जानकारी पनि गराए । तर उपचारमा कुनै सहयोग पाएनन् । उपचार अभावमा अहिले आफू समस्यामा परेको सुतार वताउँछन् । ‘खुट्टामा समस्या भएपछि उपचार भएन त्यस पछि काममा जान नपाएको र काममा जान नसकेपछि कम्पनीले तलव पनि दिएको छैन’ सुतारले भने ‘तलव नपाउँदा खाना खान पनि समस्या भएको छ’ । 

तलव नपाउदा मलेसिया आउन लागेको ऋण पनि तिर्न सकेका छैनन् उनले । उनको मलेसिया आउदा १ लाख ५० हजार ऋण थियो । व्याज वढेर २ लाख पुगिसक्यो । उपचार नहुँदा झन समस्या भएको सुतारको गुनासो छ ।  

खुट्टाको समस्या बढ्दै गएपछि उनी अहिले सामान्य हिड्डुल गर्न पनि समस्या भएको वताउँछन् । यस्तो अवस्था हुँदा पनि कम्पनीले वास्ता नगरेकोमा उनी चिन्ता व्याक्त गर्छन । उनी भन्छन् ‘यसरी उपचार पाइन भने त मलेसियामा नै मर्छु होला ।’  

आफु विरामी भएको घरमा समेत सुनाएका छैनन् सुतारले । घरमा सुनाए थप मानसिक तनाव हुने उनी बताउँछन्  । अव आफूले मलेसियामा काम गर्न सक्ने अवस्था नभएको र भोकभोकै पर्ने अवस्था आएको भन्दै आफूलाई नेपाल फर्काउन पहल गरिदिन उनले सवैसँग आग्रह पनि गरेका छन् । उनलाई अहिले कम्पनीमा काम गर्ने साथिहरुले नै सहयोग गरिरहेका छन् ।  

यो पनि पढ्नुहोस् विदेशमा श्रीमानले पसिना बगाएर कमाएको महत्व बुझेर नै यो काम थालें 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय