लुटेराले धारिलो हतियार प्रहार गरी एक नेपालीलाई गम्भीर घाइते बनाए

 

क्वालालम्पुर, फागुन २४- 

लुटेरा समुहको आक्रमणमा परि मलेसियामा एक नेपाली घाइते भएका छन् । लुटेरा समुहको आक्रमणमा परेर तेह्रथुम आठराईका सन्तोष पौडेल घाइते भएका हुन् ।

वुधवार सामान किन्न पसल गएका उनी फर्किदा लुटेराको आक्रमणमा परेका थिए । लुटेराले प्रहार गरेको हतियारले उनको टाउकोमा गम्भिर चोट लागेको छ । तत्काल साथीको सहयोगमा उपचारका लागि अस्पताल लगिएको र उनको टाउकोमा ११ टाचा लगाइएको उनका साथी राम तिम्सिनाले जानकारी दिए ।

एक वर्ष अघि रोजगारीका लागि मलेसिया आएका उनी पेरागस्थीत मिनिली प्लस कम्पनीमा प्लाष्टिक कम्पनीमा काम गर्दै आएका थिए । मोटरसाइकलमा आएका लुटेराले लुटन खोज्दा भागेपछि पौडेलमाथी लुटेराले धारिलो हतियार प्रहार गरेका तिम्सिनाले वताए ।

मलेसियाको सुरक्षा अवस्था वारे पटक पटक श्रमीकबाट प्रश्न उठेपनि आप्रवासी श्रमीकको सुरक्षावारे मलेसिया सरकार भनें मौन बस्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: