कतार एयरवेजमा जागिर लगाइदिने भन्दै ठगेको अभियोगमा पक्राउ 

काठमाडौं, फागुन २३-

स्पेन र पोर्चुगलमा आकर्षक कमाई हुने रोजगारीमा पठाइदिने भन्दै ४ जनाबाट ३३ लाख ठगेको अभियोगमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आर्यन लामा हुन् । सुनौलो प्रकाश सन्सल्टेन्सीका सञ्चालक रहेका लामाले निरकाजी बस्नेत सहित ४ जनालाई ठगेको उजुरी परेको थियो ।

लामाले मोहन प्रधान र कारसाङ तामाङलाई कतार एयरवेजमा रोजगारीमा लगाइदिने भन्दै ३ लाख ५० हजार लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरिय प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस् जोर्डनको रोजगारीमा नेपाली महिला (हेर्नुहोस् ११ तस्वीरहरु)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय