
काठमाडौं, फागुन २३-
जोर्डन पछिल्लो समयमा नेपाली र अझ त्यसमा पनि विशेष गरी महिलाका लागि आकर्षक रोजगारीको गन्तव्य मुलुक बनेको छ । सो मुलुकमा गार्मेण्ट क्षेत्रमा काम गर्न जाने नेपाली महिलाको संख्या बढ्दै गएको छ ।
नेपालबाट सीप सिकेर गएका नेपाली महिलाले त्यहाँ आफूले सिकेअनुसारकै काम र राम्रो दाम कमाईरहेका छन् । यसरी सीप सिक्न चाहनेहरुका लागि नेपालमा सुरक्षित आप्रवासन परियोजना(सामी)ले निःशुल्क सीप तालिमको व्यवस्था गरेको छ ।
हेर्नुहोस् त्यसरी नै तालिम लिएर जोर्डन गएकाहरुको त्यहाँको रोजगारीका केहि तस्वीरहरु(तस्वीर सौजन्यः सुनिला बानियाँ)