‘बैदेशिक रोजगारी खरानी बेचेर धनी हुने सपना’

   

काठमाडौं, फागुन २२-

बैदेशिक रोजगारका लागि द्धिपक्षिय श्रम सम्झौता भएका मुलुक नभएका मुलुकमा नेपाली कामदारले भोग्दै आएको समस्या उस्तै देखिएको कामदारको अधिकार रक्षा गर्नका लागि द्धिपक्षिय श्रम सम्झौताका लागि नेपालले जोड दिंदै आएको

द्धिपक्षिय श्रम सम्झौताको महत्वका विषयमा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा द्धिपक्षिय श्रम सम्झौता, हालको अवस्था अव गर्नुपर्ने कामका बारेमा छलफल गरिएको हो

सो अवशरमा बोल्दै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले श्रम सम्झौता गरिएका मुलुक नगरिएका मुलुकमा नेपाली कामदारले झेल्ने समस्या उस्तै उस्तै रहेको बताए उनले यसले श्रम सम्झौताको अर्थका बारेमा गम्भीर प्रश्न उठाएको धारणा राखे बैदेशिक रोजगारमा जाने कामदारको क्षमता बृद्धि नभएसम्म सम्झौताले पनि धेरै फरक नपार्ने अवस्था देखिएको भन्दै बैदेशिक रोजगारमा जाने नेपाली कामदारको क्षमता कसरी बृद्धि गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्ने कार्यकारी निर्देशक काफ्लेको भनाई थियो

सो अवशरमा बोल्दै कन्सुलर सेवा विभागका महानिर्देशक गेहन्द्र राजभण्डारीले विदेशमा नेपाली नियोगहरुलाई समस्यामा परेका नेपालीको उद्धारका लागि समेत गाह्रो पर्ने गरेको अनुभव सुनाए उनले पछिल्लो समयमा नेपालमा पनि रोजगारीको अवशर बृद्धि भएको भन्दै त्यसको प्रचारप्रसार गर्न नेपाली युवालाई स्वदेशको रोजगारीमा नै आकर्षित गर्न आवश्यक रहेको धारणा राखे । “खरानी बेचेर धनी भइन्न” राजभण्डारीले भनें “अहिलेकै अवस्थामा न्यून आम्दानी हुने काममा नेपालीलाई पठाइरहनु हुन्न ।” उनले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई पनि अर्धदक्ष तथा दक्ष बनाएर मात्र बैदेशिक रोजगारमा पठाउन आवश्यक रहेको धारणा राखे

सो अवशरम पिपुल फोरमका सल्लाहकार समेत रहेका अधिवक्ता सोम लुईंटेलले नेपालको दिपक्षिय श्रम सम्झौताको अवस्था, त्यसका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षहरुका बारेमा जानकारी गराएका थिए कार्यक्रममा पूर्व साँसद पेम्वा लामा, सुरक्षित आप्रवासन परियोजना(सामी) की टीम लिडर सीता घिमिरे लगायतले धारणा राखेका थिए

यो पनि पढ्नुहोस साउदी, ओमन, बहराइन लगायतको भिषा प्रकृया नै रोकियो, कामदार मर्कामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय