साउदी, ओमन, बहराइन लगायतको भिषा प्रकृया नै रोकियो, कामदार मर्कामा

काठमाडौँ, फागुन २२—

नेपाली कामदारको प्रमुख गन्तव्य मानिएको साउदी अरब, ओमन र बहराइन जाने नेपालीको भिसा प्रक्रिया रोकिएको छ । यी देशमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्न नपाएपछि भिसा रोकिएको हो ।

रोजगारका लागि छनोट भइसकेका कामदार स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्रै भिसा प्रक्रिया सुरु हुन्छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले अनलाइनमार्फत फाराम भर्नुपर्ने र त्यसका लागि क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्नुपर्ने नियम लागू गरेपछि मार्च १ बाट स्वास्थ्य परीक्षण हुन सकेको छैन । यी देश जाने कामदारले स्वास्थ्य परीक्षणका लागि मेडिकल सेन्टरलाई ५५ सय रुपैयाँ बुझाउनुपर्छ । १० डलर यसबाहेकको थप शुल्क हो । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय