विदेश पठाएर अलपत्र पार्ने खड्का पक्राउ

काठमाडौं, फागुन २१-

बैदेशिक रोजगारका लागि भन्दै अवैधानिक रुपमा पोल्याण्ड लगायतका मुलुकमा नेपालीलाई पठाएर अलपत्र पारेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्याची एजुकेशन एण्ड ट्रेनिङ कन्सल्टेन्सीका सञ्चालक पुरुषोत्तम खड्का रहेका छन् ।

महानगरिय अपराध अनुसन्धान महाशाखाका अनुसार उनले विभिन्न व्यक्तिलाई अजरवैजान, पोल्याण्ड, दक्षिण अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशमा ७ देखि १२ लाखसम्म लिएर पठाएको र अलपत्र पारेको भन्दै पीडितले उजुरी दिएका छन् । पीडितको उजुरीका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्काले शैक्षिक परामर्श दिन खोलिएको संस्थाबाट अवैधानिक रुपमा बैदेशिक रोजगारको व्यवसाय गरेको देखिएको भन्दै पक्राउ परेका उनलाई थप अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ । उनलाई अनुसन्धानका लागि बैदेशिक रोजगार विभागमा पठाइएको छ । यसैगरी महाशाखाका तर्फबाट समेत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

पक्राउ परेका खड्काको संस्थाबाट २५ थान राहदानी तथा नोटरी पव्लिक लगायत विभिन्न सरकारी कार्यालयको १८ थान छाप बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न व्यक्तिको नाममा जारी भएको षिा, भरपाई लगायत छन् ।

यसरी बैदेशिक रोजगारमा पठाउने अनमति नलिई बैदेशिक रोजगारको कारोवार गरेको भेटिएमा बैदेशिक रोजगार ऐन, २०६४ अनुसार तीन लाख देखि ५ लाखसम्म जरिवाना तथा तीन बर्ष देखि ७ बर्षसम्म कैद सजाय हुने प्रावधान छ । 

यो पनि पढ्नुहोस् स्वदेशमा नै बार्षिक ५ लाख कमाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय