मलेसियामा लेभी काट्ने कम्पनीले थप कामदार ल्याउन नपाउने

क्वालालम्पुर–

मलेसिया सरकारले यहाँ कार्यरत कुनै पनि कम्पनीले आप्रवासी कामदारसँग लेभी काटेमा थप कामदार ल्याउन नदिने भएको छ । विदेशी श्रमिकको मासिक तलवबाट लेभी काट्न नपाइने व्यवस्था गरेको मलेसियाले त्यसलाई प्रभावकारी रुपमा लागु गराउन यस्तो व्यवस्था गरेको हो ।

मलेसियामा आप्रवासी श्रमिकको अधिकारका पक्षमा काम गर्दै आएको संस्था मलेसियन ट्रेड युनियन कंग्रेस (एमटीयूस) ले त्यसरी कुनै कम्पनीले आप्रवासी कामदारको तलवबाट लेभी काटिरहेको भएमा उजुरी दिन आग्रह गरेको छ । गत जनवरीदेखि मलेसियाले आप्रवासी कामदारको तलवबाट लेभी काट्न नपाउने घोषणा गरेको थियो ।

अधिकाँश कम्पनीले यसको पालना गरेका छन् भनें कतिपय कम्पनीले भनें लेभीको सट्टामा अन्य शुल्कहरु असुल्ने गरेको गुनासो प्राप्त भएको छ । कुनै समस्या परेमा सम्पर्क गर्न एमटीयूसीले नेपाली श्रमिकसँग आग्रह गरेको छ । एमटीयूसीको माईग्रेण्ट रिसोर्स सेण्टरका प्रमुख जुल थे ले आफूहरुसँग हाल पनि केहि घटना दर्ता भएको र तिनिहरुमा सहयोग गरिएको बताएका छन् ।

यो पनि पढ्नुहोस् श्रम स्वीकृति सकियो ? अझै पनि विदेशमै हुनुहुन्छ ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय